नेपालगन्जमा मिथिला समाजको रक्तदान



नेपालगन्ज ।

मिथिला सेवा समाज नेपालगन्जले आयोजना गरेको सामूहिक रक्तदान कार्यक्रमबाट २३ पोइन्ट रगत संकलन गरिएको छ ।

समाजले आफ्नो दोस्रो स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमबाट उक्त रगत संकलन गरिएको हो । समाजले सोही अवसरमा विभिन्न व्यक्तित्वहरूलाई सम्मान पनि गरेको छ ।

स्थापना दिवस समारोहमा अध्यक्षको प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन पारित गरिनुका साथै लोकगायक तथा मैथिली भाषाका गायक रविराज शाहले सांगितिक प्रस्तुति दिएका थिए । कार्यक्रममा विभिन्न कविता रचना र नृत्यसमेत प्रस्तुत गरिएको थियो ।

गतवर्ष माघ १ गते स्थापित समाजले मिथिलाबासीहरूलाई एकत्रित गर्ने, सामूहिक हित र हकको बारेमा काम गर्ने गर्दै आएको जानकारी दिइएको थियो । समाजले आपतविपतमा परेका व्यक्तिहरूलाई सहयोग गर्ने, नीलसागर सेवाश्रम र मानवसेवा आश्रममा रहेका सहयोगापेक्षी नागरिकहरूलाई पनि सहयोग गर्ने आएको छ ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, नेपालगन्जका उद्योगी व्यवसायी र मैथिली समुदायका अगुवाहरूको सहभागिता रहेको थियो । माघे संक्रान्तिका अवसरमा खिचडी खाने कार्यक्रम पनि गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ २ गते बुधबार