बुटवल ।
मंसिर अन्तिम साताबाट उडान रोकेको फ्लाई दुबईले गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल भैरहवाबाट उडान फेरि थालेको छ । मौसमको कारण देखाउँदै फ्लाई दुबईले उडान रोकेको थियो ।
गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार फ्लाई दुबईले पुनः दुबई–भैरहवा–काठमाडौँ उडान आइतवार सुरु गरेको हो । उडान थालेको पहिलो दिन आइतबार दुबईबाट ९० जना यात्रु लिएर जहाज गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको जानकारी रावतले दिए ।
जहाजमा आएका ९० जना यात्रुमध्ये ८३ यात्रु भने सोही उडानबाट काठमाडौँ गएका छन् । १५ जना दुबई जानका लागि भैरहवाबाट प्रस्थान गरेको विमानस्थल प्रशासनले जनाएको छ । सूचना अधिकारी रावतले अब फ्लाई दुबईले भैरहवाबाट नियमित उडान गर्ने जानकारी दिए ।
प्रकाशित मिति : २०८१ माघ २ गते बुधबार
प्रतिक्रिया दिनुहोस्