कोहलपुर (बाँके) ।
कोहलपुर जेसीज र जुनियर जेसीजको १६औँ पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कोहलपुर जेसीज र जुुनियर जेसीजको संयुक्त आयोजनामा पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रमको लुम्बिनी प्रदेश सभा सदस्य सञ्जुकुमारीले उद्घाटन गरेकी थिइन् । उक्त अवसरमा बोल्दै प्रदेश सभा सदस्य चौधरीले जेसीजका माध्यमबाट समाजमा नयाँ नेतृत्वको जन्म भएको बताइन् । उनले भोलिको देशको नेतृत्व अहिलेका युवा भएकाले उनीहरूलाई अहिलेदेखि नै नेतृत्व विकास र सामाजिक सेवाका विषयमा जानकारी दिन आवश्यक रहेका बताइन् ।
पदस्थापना कार्यक्रममा कोहलपुर जेसीज र जुनियर जेसीज वर्ष २०२५ का पदाधिकारीहरूले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् । कार्यक्रममा कोहलपुर जेसीज वर्ष २०२४ का अध्यक्ष राजकुमार पौडेलले कोहलपुर जेसीज वर्ष २०२५ का अध्यक्ष दीपेन्द्र कठायतलाई पद हस्तान्तरण गरेका थिए ।
यस्तै जुनियर जेसीज वर्ष २०२४ का अध्यक्ष अरुणा रानाले जुनियर जेसीज वर्ष २०२५ का अध्यक्ष प्रख्यात लम्साललाई पद हस्तान्तरण गरिन् । यसैगरी उक्त अवसरमा कोहलपुर जेसीज र जुुनियर जेसीज वर्ष २०२४ का अध्यक्ष पौडेल र राणाले आफ्नो टिममा रहेका सदस्यहरूलाई मायाको चिनो प्रदान गरेका थिए । यस्तै वर्ष २०२४ मा विभिन्न तह र पदमा रहेर उत्कृष्ट कार्य सम्पादन गर्नेहरूलाई पुरस्कृतसमेत गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्