मधुर पौडेल । बाँसगढी ।
बर्दियाको बाँसगढीमा आजदेखि प्रथम थारू कृषि, पर्यटन, साँस्कृतिक, मेला तथा बर्दिया माघ महोत्सव सुरु हुँदैछ । थारू कल्याणकारीणी सभा बाँसगढी, बर्दियाको आयोजनामा बर्दिया माघ महोत्सव सुुरु हुन लागेको हो ।
‘थारू साँस्कृतिक संरक्षण र प्रर्वद्र्धन कृषि, पर्यटन, लघु, उद्यम, विकास र सम्मुन्नती हामी सबैको अभियान’ भन्ने मूूल नारासहित सुरु हुन लागेको महोत्सव माघ ७ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एक समारोहकाबीच उद्घाटन गर्दैछन् ।
आयोजक थारू कल्याणकारीणी सभा बाँसगढी, बर्दियाका प्रचार–प्रसार संयोजक तथा प्रवक्ता राजसिंह थारूले स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने, पर्यटकीय स्थलहरूको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको जानकारी दिए ।
उनका अनुसार बाँसगढी नगरपालिकालाई राष्ट्रिय स्तरमा पहिचान गराउनको लागिसमेत महोत्सवको आयोजना गरिएको हो । महोत्वसमा थारू संस्कृतिलाई डब्ड्नि भिराउ प्रतियोगितासमेत गरिने आयोजकले जनाएको छ ।
महोत्सव अवलोकनका लागि अपांगता भएका व्यक्ति, बालबालिका र जेष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । महोत्सवमा स्थानीय प्रदर्शनी, भेषभूषाको प्रचार–प्रसार तथा स्थानीय र राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुति रहने संयोजक थारूले जानकारी दिए ।
महोत्सवको विशेष प्याकेटको रूपमा सुरुवातदेखि अन्तिम दिनसम्म टिकट काट्ने एकजनालाई लक्की ड्र मार्फत ५३ हजार मूल्य बराबरको मोबाइल दिइने उनले बताए । महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्