बाँके ।
पुस ९ गतेदेखि कोहलपुरस्थित न्यूरोडको खुला मैदानमा जारी महोत्सवमा ग्याङफाइट हुँदा एकजना किशोर घाइते भएका छन् । मञ्च नजिकै शनिबार करिब साढे तीन बजेको समूहमा आधा दर्जनको संख्यामा आएका युवाहरूको समूहले एक किशोरमाथि आक्रमण गरेका थिए ।
उनीहरूको आक्रमणबाट विकासनगर घर भएका किशोरको टाउको आँखा लगायतका भागमा चोट लागेको छ । घटना लगत्तै पुगेको प्रहरीले ती किशोरको उद्दार गरेर एम्बुलेन्स राखेर उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा पठाएको छ ।
घटनामा संग्लन रहेको आरोपमा इलाका प्रहरी कार्यालय कोहलपुरले केही युवालाई पक्राउ गरेको छ । अन्यको खोजी भइरहेको कोहलपुरले जनाएको छ ।
प्रकाशित मिति : २०८१ पुस १३ गते शनिबार
प्रतिक्रिया दिनुहोस्