
??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????
शिवु खनाल । दाङ ।
वन पैदावारको चोरी तस्करी हुन नदिन तथा वनको सुरक्षा गर्न डिभिजन वन कार्यालय दाङ, देउखुरीले आफैँ वन गस्ती जाने नियम बनाएको छ । कार्यालयले सम्बन्धित वन उपभोक्ता समूहसँगको समन्वयमा वन गस्ती गर्ने कार्य अगाडि बढाइएको हो ।
सोही क्रममा बुधबारमात्रै लमही नगरपालिका–५ मा रहेको अजम्मरी सामुदायिक वनमा गस्ती गरिएको कार्यालयका सिनियर डिभिजनल वन अधिकृत महेन्द्रराज वाग्लेले बताए । जंगलको रक्षा गर्न अरुको मुख ताक्नुभन्दा वनको समूह आफैँ तम्तयार भएर नियमित रूपमा पालैपालो गस्ती जानुपर्ने बताए ।
सामुदायिक वन समूहमा वन रक्षक सशस्त्र प्रहरी बलले गस्ती गरिरहेका छन् । बहुमूल्य जडिबुटी र अवैध काठको चोरी निकासी रोक्नका लागि युद्धस्तरमा गएर गस्ती सुरु गरिएको वाग्लेले जानकारी दिए ।
देउखुरी क्षेत्रमा रहेका सामुदायिक वन क्षेत्रको सुरक्षा डिभिजन वन कार्यालय दाङ, देउखुरीले गर्दै आएको छ । सिनियर डिभिजनल वन अधिकृत वाग्लेले सामुदायिक वन क्षेत्रमा वन गस्ती कार्यलाई थप कडाइ गरिएको दाबी गरे ।
बाहिर जिल्लाबाट र जिल्लाभित्रका मानिसले लुकीछिपी चोरी गर्ने भएकाले रोक्नका लागि वन रक्षक सशस्त्र प्रहरी, वन कर्मचारी र सामुदायिक वनका पदाधिकारीको संयुक्त सहभागितामा क्याम्प राखिएको उनले बताए ।
‘हामीले प्रदेश सरकार र सामुदायिक वनका प्रतिनिधिसँगको सहकार्यमा सामुदायिक वन क्षेत्रहरूको सुरक्षा गर्नेछौँ । चोरीका कुनैपनि क्रियाकलाप हुने छैनन् । यसमा वनका सुरक्षाकर्मीलाई स्थानीयवासीले पूर्णरूपमा साथ दिएका छन् ।’ उनले भने ।
डिभिजन वन कार्यालय दाङ, देउखुरीका सहायक वन अधिकृत हरि पौडेलले वन कर्मचारी, वन रक्षक सशस्त्र प्रहरी, स्थानीय उपभोक्ताको पहलमा वन क्षेत्रबाट अवैध काठ तथा जडीबुटी चोरी गर्नबाट जोगाइरहेको बताए । पछिल्लो समय देउखुरी क्षेत्रमा मौका छोपी चोरी निकासी गर्ने कार्यसमेत रोकिएको उनले दाबी गरे ।
पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत अजम्मरी सामुदायिक वन क्षेत्र लगायत अन्य वनलाई छोएर दैनिक एक हजार छ सयदेखि १७ सय गाडीको ओहोरदोहोर हुने गरेको बताउँदै वाग्लेले यात्रुको भेषमा वन्यजन्तु चोरी सिकारका लागि कोही आउनसक्ने भएकाले मानव गस्ती हिड्ने गरेको बताए ।
‘वन क्षेत्रभित्र रहेका वन्यजन्तु संरक्षणका लागि आवश्यक भौतिक संरचना निर्माण गर्नुका साथै सुरक्षित खाना र बासस्थानको समेत व्यवस्था गरिएको गरिएको छ । वन्यजन्तुका लागि पानीपोखरी, बाघको बासस्थान, वन्यजन्तुका लागि घाँसे मैदान, जैविकमार्ग लगायत अन्य भौतिक संरचना निर्माण गरिएका छन्’ उनले भने, ‘वन्यजन्तुको लागि खाना तथा पानीको उचित व्यवस्थापन भएपछि दिनप्रतिदिन सङ्ख्या पनि बढेको छ । आहारविहार, सुरक्षित बस्ने ठाउँ, पानीका लागि पोखरीको व्यवस्था गरेसँगै देउखुरी क्षेत्रका सामुदायिक वन क्षेत्रहरूमा पनि सङ्ख्यामा वृद्धि भएको हो ।’









प्रतिक्रिया दिनुहोस्