टीभीएसद्वारा अपाचे, रेडर र स्कुटरका लागि एक्सचेन्ज मेनियाको घोषणा



बाँके ।

नेपालका लागि टीभीएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस अपाचे एक्सचेन्ज मेनियाको घोषणा गरेको छ । यो रोमाञ्चक एक्सचेन्ज मेलाले मोटरसाइकल प्रेमीहरूलाई आफ्नो पुरानो मोटरसाइकल (बाइक) सँग नयाँ शक्तिशाली अपाचे, रेडर र टीभीएस स्कूटर्समा अपग्रेड गर्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो एक्सचेन्ज मेला डिसेम्बर १५ देखि डिसेम्बर २० तारिखसम्म सञ्चालन हुनेछ । यो अवसरको फाइदा ग्राहकहरूले सहज पहुँच पु¥याउँदै मौकाको फाइदा सहजै उठाउन सकुन् भन्ने कम्पनीको उद्देश्य रहेको छ ।

एक्सचेन्ज मेला बाँकेको नेपालगन्जमा समेत हुनेछ । कारकाँदोस्थित ग्रेस एण्ड ग्लोवलमा हुने मेलामा सहभागी ग्राहकहरूले आफ्ना पुराना बाइकको लागि उच्चतम मूल्यांकन सुनिश्चित गर्न सक्ने, नयाँ बाइक किन्दा ६ हजार रुपैयाँको निश्चित नगद छुट, चुनिएका मोडलहरूमा शुन्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा उपलब्ध, एक्सचेन्जमा शुन्य प्रतिशत डाउन पेमेन्ट सुविधा, निःशुल्क उपकरण हेलमेट, ब्याग, विन्डचिटर र बाइक कभर र टेस्ट राइड गरेर स्मार्टफोन लगायतका रोमाञ्चक पुरस्कार जित्ने अवसर पाउनेछन् ।

टीभीएस अपाचे एक्स्चेन्ज मेनिया, मोटरसाइकलप्रेमीहरूका लागि नवीनता, स्टाइल र शक्तिको अनुभव गर्ने अद्वितीय अवसर भएको कम्पनीको भनाइ छ । टीभीएसको साथमा आफ्नो यात्राको स्तरोन्नति गर्ने यो अवसर नछुटाउन कम्पनीले सबैलाई आग्रह गरेको छ । जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएसका दुईपांग्रे सवारीसाधनका लागि एक मात्र आधिकारिक वितरक हो ।

कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ ।

गुणस्तरीय उत्पादनहरू, बिक्रीपश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपूर्जाहरूको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण टिभिएस नेपालको सर्वाधिक रुचाइएकोटू–ह्विलर ब्राण्डका रुपमा स्थापित रहेको कम्पनीको भनाइ छ ।

प्रकाशित मिति : २०८१ पुस ४ गते बिहीबार