नेपाली साहित्यमा बाँके जिल्लाको पनि ठूलो योगदान रहेको छ । नेपालगन्जका नयनराज पाण्डे र सनत रेग्मीका अलावा खजुराका मणि अर्याल साहित्यमा क्रियाशील नाम हुन् । त्यसैगरी कोहलपुरका सुमित्रा न्यौपाने, परदिप भट्टराई, सागर गैरे, केशव निमेश, तेजु भावुक र विष्णु पादुका पनि नेपाली साहित्यमा कलम चलाउने युवा स्रष्टामा गनिन्छन् ।
तेजु भण्डारी ।
नेपाली साहित्यको इतिहास भन्नुपर्दा सबैभन्दा पहिले नेपाली भाषाको बारेमा राम्रो अध्ययन गर्नुपर्दछ । नेपाली भाषा ईस्वी संवत् ९८१ तिर गढवाल, कुमाऊँ र जुम्लाको भाषाको रूपमा बुझिन्छ । सबैभन्दा पहिला जुम्लाका मान्छेहरूले बोलेको भाषा भएकाले इतिहासकारहरूले यसलाई जुम्ली भाषा पनि भनेका छन् ।
ईस्वी सन १९३० तिर आएर गोर्खा, लम्जुङ र कास्कीसम्म यो भाषाको बिस्तार भएपछि भने यो भाषालाई खश भाषा भन्न थालियो । झन्डै अरू तीस वर्षसम्म नेपालमा खश भाषा नै बोलिन्थ्यो । ईसं १९६० पछि मात्र यो भाषालाई नेपाली राष्ट्रिय भाषाको रूपमा मान्यता दिइएको हो ।
अब लागौँ नेपाली साहित्यतर्फ । नेपाली साहित्यमा पहिलो कलम चलाउने व्यक्ति साहित्यकार सुवानन्द दास हुन् ।
सुवानन्द दासका कृतिहरू त्यति धेरै छापिएनन् र उनी बिस्तारै गुमनाम हुँदै गए । जब नेपाली इतिहासमा भानुभक्त आचार्यको जन्म भयो । त्यसपछि नै नेपाली साहित्यको धेरै प्रचार र प्रसार भयो । भानुभक्तको घाँसी भन्ने कविता धेरै पाठकहरूले रुचाए र नेपाली पाठ्यक्रममा समावेश गरिएका छन् । भानुभक्तको पालामा पनि धेरै कविताहरू सुरु सुरुमा संस्कृत भाषामा प्रकाशन भए ।
त्यसैले पनि नेपाली साहित्यको जननी भाषा संस्कृत भाषा हो भन्ने गरिएको पाइन्छ । भानुभक्त आचार्यलाई आदिकवि पनि भनिन्छ । भानुभक्त आचार्यपछि नेपाली इतिहासमा अर्का साहित्यकार मोतीराम भट्टको जन्म भयो । मोतीराम भट्टले नेपाली साहित्यलाई धेरै माथि पु¥याउने काम गरे । मोतीराम भट्टलाई पनि पछि आशुकवि उपनामले चिनिन थालियो । मोती भट्टपछि नै नेपाली साहित्यमा नयाँ आयाम थपिएको हो भन्दा अतिसयोक्ति नहोला ।
नेपाली साहित्यमा अर्काे नाम छ, महाकवि लक्ष्मीप्रसाद देवकोटा । लक्ष्मी पूजाको दिन जन्मिएका लक्ष्मीप्रसाद देवकोटाको मुनामदन खण्डकाव्य धेरैले मन पराएको खण्डकाव्य हो । पछि लक्ष्मीप्रसाद देवकोटालाई नेपाल सरकारले महाकविको उपमा नै दियो ।
हुन त नेपाली साहित्यमा धेरै साहित्यकारको ठूलो भूमिका रहेको छ । जस्तै सिद्धिचरण श्रेष्ठले पनि नेपाली साहित्यमा धेरै कलम चलाएका छन् । उनले लेखेको मेरो प्यारो ओखलढुंगा जस्ता धेरै कविताहरू नेपाली पाठ्यक्रममा समावेश गरिएका छन् । त्यसैगरी नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइरालाको पनि ठूलो लगानी रहेको छ । उनका रचनाहरू पनि नेपाली पाठकहरूले धेरै मन पराए ।
विश्वेश्वरप्रसादको मोदी आइन भन्ने पुस्तक धेरै उत्कृष्ट मानिन्छ । पछि ऊनी नेपालको प्रधानमन्त्री पनि भए । त्यसैगरी नेपाली साहित्यमा महिला साहित्यकार पारिजातको जन्म भयो । पारिजातको पनि नेपाली साहित्यमा ठूलो योगदान रहेको छ । पारिजातको ‘मैले नजन्माएको छोरो’ कथा धेरै प्रख्यात भयो ।
नेपाली साहित्यमा भूपी शेरचनको पनि ठूलो योगदान रहेको छ । भूपी शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ भन्ने कविता धेरै पाठकहरूले मन पराए । उनी आधुनिक कविमा गनिन्थे । भूपी शेरचनपछि नेपाली साहित्यमा रुपन्देहीका डा. मुरारि पराजुलीको उदय भयो । नेपाली साहित्यमा मुक्तक विधामा पीएचडी गर्ने पहिलो व्यक्ति पनि हुन मुरारि पराजुली ।
त्यसैगरी नेपाली साहित्यमा नेपालगन्जका सनत रेग्मीले पनि नेपाली साहित्यका धेरै विधामा उत्कृष्ट रचनाहरू लेखेर नेपाली साहित्यको इतिहासमा इँटा थप्ने काम गरेका छन् । नेपालगन्जका अर्का साहित्यकार नयराज पाण्डेको पनि धेरै योगदान रहेको पाइन्छ । उनका धेरै कृतिहरू पुरस्कृत पनि भएका छन् । नेपाली साहित्यमा गुल्मीका डा. रबीन्द्र पाण्डेय समिरको पनि ठूलो भूमिका रहेको छ । डा. रबीन्द्र समिरको मृत्युको आयु र कोरोनातन्त्र जस्ता कृतिहरू उत्कृष्ट कृतिमा गनिन्छन् ।
हुन त नेपाली साहित्यमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका धेरै साहित्यकारको ठूलो भूमिका रहेको छ । मैले यस पटक नेपाली साहित्यमा धेरै नाम चलेका र देशका लागि योगदान दिएका साहित्यकारहरूको बारेमा लेख्ने सानो जमर्काे मात्र गरेको छु । रुपन्देहीका मोदनाथ प्रश्रित पनि नेपाली साहित्यमा छुटाउन नहुने व्यक्ति हुन् ।
मोदनाथ प्रश्रित पछि राजनीतिमा लागेर मन्त्री पनि बन्न सफल भए । उनको ‘देवासुर सङ्ग्राम’ उपन्यास धेरै चर्चित पनि बन्यो । नेपाली साहित्यमा बाँके जिल्लाको पनि ठूलो योगदान रहेको छ । नेपालगन्जका नयनराज पाण्डे र सनत रेग्मीका अलावा खजुराका मणि अर्याल साहित्यमा क्रियाशील नाम हुन् । त्यसैगरी कोहलपुरका सुमित्रा न्यौपाने, परदिप भट्टराई, सागर गैरे, केशव निमेश, तेजु भावुक र विष्णु पादुका पनि नेपाली साहित्यमा कलम चलाउने युवा स्रष्टाहरूमा गनिन्छन् ।
भर्खरै काठमाडौँमा सम्पन्न बाह्रखरी कथा प्रतियोगितामा कोहलपुरका साहित्यकार विष्णु पादुका प्रथम भई १ लाख रुपैयाँ राशिको पुरस्कारबाट पुरस्कृत पनि भए । कोहलपुरको पूर्णिमा साहित्य प्रतिष्ठानले पनि युवा साहित्यकारहरू जन्माउनमा ठूलो भूमिका खेलेको छ । बिस्तारै बाँके जिल्लाको नाम साहित्यमा चम्किएकोमा बाँकेबासी हामी सबैको नाक घिरौलाजत्रो भएको छ । आशा गरौँ, नेपाली साहित्यमा बाँके जिल्लाको नाम उदाउँदो सूर्यजस्तै सधैँ चम्किरहने नै छ ।
साहित्य वास्तवमा भन्ने हो भने समाजको ऐना पनि हो । जसरी हामीहरू कस्ता छौँ भन्ने कुरा ऐना हेरेर थाहा पाएजस्तै नेपाली समाज कस्तो छ भन्ने कुरा नेपाली साहित्यले उजागर गर्दछ । नेपाली साहित्यलाई उचाइमा पु¥याउनु हामी सबैको दायित्व हो । सरकारले पनि नेपाली साहित्यमा ठूलो लगानी गरेको देखिँदैन ।
मान्छे कति सभ्य छ वा छैन भन्ने कुरा उसको भाषा, संस्कृतिले झल्काउने हँुदा नेपाली साहित्यको श्रीवृद्धिका लागि नेपाल सरकार र बौद्धिक व्यक्तित्व सबै तह र तप्काका महानुभावहरूले बुझ्न आवश्यक छ । भाषाको शुद्धीकरण र लालित्य जोगाउन पनि नेपाली साहित्यको ठूलो भूमिका रहेको छ । आशा गरौँ, नेपाल सरकारले पनि साहित्यकारहरूको सम्मान र गरिमा बढाउन अहम् भूमिका खेल्ने नै छ ।
प्रतिक्रिया दिनुहोस्