जुम्लाको पातारासी गाउँपालिकाले २० वर्ष पुगेर विवाह गर्ने जोडीलाई घरमै पुगेर बधाई पत्र प्रदान गरिरहेको छ । बालविवाह न्यूनीकरण गर्न र उमेर पुगेर विवाह गर्ने जोडीलाई प्रोत्साहन गर्ने र सकारात्मक सन्देश फैलाउने उद्देश्यले बधाई पत्र दिने कार्यक्रम पालिकाले लागू गरेको हो ।
सुर्खेत ।
जुम्लाको पातारासी गाउँपालिकाले २० वर्ष पुगेर विवाह गर्ने जोडीलाई घरमै पुगेर बधाई पत्र प्रदान गर्ने कार्यक्रम सुरु गरेको छ । बालविवाह न्यूनीकरण गर्न र उमेर पुगेर विवाह गर्ने जोडीलाई प्रोत्साहन गर्ने र सकारात्मक सन्देश फैलाउने उद्देश्यले बधाई पत्र दिने कार्यक्रम लागू गरिएको हो ।
पातारासी सबैभन्दा बढी बालविवाह हुने पालिकाको रूपमा परिचित थियो । तर पछिल्लो समयमा बालविवाह न्यूनीकरण हँुदै गएको छ । पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख भगवती गिरीका अनुसार नमुना कार्यक्रमका रूपमा यो अभियान सञ्चालन गरिएको छ ।
गाउँपालिकाले बालविवाहसम्बन्धी कानुनी सचेतीकरणदेखि विभिन्न चेतनामूलक कार्यक्रम गर्दै आएको छ । यस्तै, गाउँपालिकाले उमेर पुगेर विवाह गर्ने नवजोडीलाई बधाई प्रमाणपत्र प्रदान गर्ने गरेको छ ।
हरेक वर्ष विवाह गर्ने महिनामा प्रहरी, जनप्रतिनिधि, महिला बालबालिका शाखा, बाल क्लब र अनुगमन, ¥याली अभियान अन्तक्र्रिया सडक नाटक प्रदर्शन, बस्ती–बस्ती, मावि स्तरका विद्यालय, समुदायमा जाने, सचेतना कार्यक्रम गर्नेलगायतका काम निरन्तर भइरहेको उनले बताइन् ।
यो वर्ष पनि मंसिर १ देखि ७ गतेसम्म अभियान सकिएलगत्तै शनिबार योभन्दा पहिला बालविवाहको प्रयास बढी हुने उक्त वडामा विवाहित नयाँ जोडीलाई बधाई पत्र दिएर यो कार्यको सुरुवात गरिएको उनको भनाइ छ ।
बालविवाह न्यूनीकरणका कार्यक्रमको प्रस्ताव राख्दा अध्यक्ष पूर्णसिंह बोहोरा, उपाध्यक्ष जनमाया रोकायालगायत सबै जनप्रतिनिधिले सहयोग गर्ने गरेको महिला बालबालिका शाखा प्रमुख गिरीले बताइन् ।
‘उमेर पुगेपछि मात्र विवाह गर्ने प्रचलनलाई प्रवद्धधन गर्न यो उपाय अपनाइएको हो,’ उनले भनिन्, ‘यसले नयाँ पुस्तामा सही सन्देश पु¥याएर बालविवाह गर्ने परम्परागत हानिकारक अभ्यास अन्त्य गर्न सहयोग पु¥याउने विश्वास छ ।’
सोही योजनाअनुरूप पातारासी गाउँपालिका–७ रिनीका अर्जुन खड्का र लालमाया बुढालाई पहिलो बधाई पत्र प्रदान गरिएको उनले बताइन् । यो जोडीले २० वर्ष उमेर पूरा गरी विवाह गरेकाले बालविवाह न्यूनीकरणका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेको भन्दै सम्मान गरिएको हो ।
‘बालविवाह नगर, गर्नु हुँदैन’ भन्दै गर्दा नकारात्मक असर बढी देखिने भएकाले सकारात्मक सन्देश फैलाउनका लागि उमेर पुगेर विवाह गर्ने जोडीलाई बधाई पत्र दिन सुरु गरिएको हो । यसपछि उमेर पुगेका विवाहलाई आत्मनिर्भरतासँग जोडिने गिरीको तर्क छ ।
बधाई पत्र वडाध्यक्ष, वडासचिव र महिला तथा बालबालिका शाखा प्रमुखको हस्ताक्षरसहित प्रदान गरिएको थियोे । पातारासीको वडा नम्बर ५ बालविवाहमुक्त वडा घोषणा भइसकेको छ भने अन्य वडाहरूलाई पनि यो अभियानमा सहभागी गराउन योजनाहरू अघि बढाइएको गिरीले बताइन् ।
बालविवाहजस्तो सामाजिक कुरीतिलाई रोक्न यस्तो सकारात्मक पहलको स्वागत भइरहेको छ । यो कार्यक्रमले युवा पुस्तालाई सशक्त बनाउन र उमेर नपुगी विवाह गर्ने अभ्यासलाई जरैदेखि उखेल्न योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्