नेपालगन्ज (बाँके) ।
घरेलु तथा साना उद्योग महासंघ बाँकेले २५औँ साधारण सभा तथा १३औँ अधिवेशन सुरु भएको छ । मंगलबार साधारणसभा तथा जिल्ला अधिवेशनको उद्घाटन घरेलु तथा साना उद्योगी महांसघ लुम्बिनी प्रदेश सदस्य उमेशप्रसाद सिंहले गरेका थिए ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले महासंघले गरेका कामहरूको प्रसंशा गर्दै व्यवसायीहरूलाई अप्ठ्यारो समयमा टिकिरहन सहयोग गरेको बताए । उनले भने, ‘कोरोना महामारीको चपेटामा परेका व्यवसायीहरूलाई बजारमा टिक्न गाह्रो भएका बेला महासंघले गरेको काम प्रसंशनीय छ ।’
महासंघकी अध्यक्ष मधुकुमारी खड्काले प्रतिवेदन पेस गर्दै कोरोना महामारीका बेला महासंघले संक्रमित उद्योगी तथा व्यवसायीहरूलाई अस्पतालमा बेड व्यवस्थादेखि उपचारमा सहयोग पु¥याएको बताइन् ।
यसका साथै महासंघले लुम्बिनी प्रदेशस्थित उद्योग मन्त्रालयसँग अनुरोध गरी नयाँ दर्ता हुने तथा नवीकरणमा उद्योगी व्यवसायीहरूलाई छुटको व्यवस्था र केन्द्रसँगको सहकार्यमा २ प्रतिशत कर छुट गराएको बताइन् ।
२५औँ साधारण सभा तथा १३औँ अधिवेशनको बन्दसत्र आज हुने बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्