कर्णाली प्रदेशको नेतृत्व सम्हालेको आठ महिनापछि मुख्यमन्त्री यामलाल कँडेल जिल्ला यात्रामा निस्किएका हुन् । मुख्यमन्त्री कँडेलले सुरु गरेको अभियानबारे कर्णालीमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् । सत्ता साझेदार दल, विपक्ष दललगायत सर्वसाधारणले यो यात्रालाई आ–आफ्नै ढंगले व्याख्या गरिरहेका छन् ।
शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
कर्णाली प्रदेशका मुुख्यमन्त्री यामलाल कँडेल यतिबेला जिल्ला दौडाहामा छन् । नेकपा एमाले र नेपाली कांग्रेस सम्मिलित गठबन्धन सरकारको नेतृत्व गरिरहेका कँडेल जिल्ला दौडाहामा व्यस्त छन् । विकास निर्माण, सुशासन एवम् सार्वजनिक सेवा प्रवाहबारे स्थानीयस्तरमै सरोकारवालाहरूसँग छलफल गर्ने भन्दै उनले कर्णाली यात्रा सुुरु गरेका हुन् ।
सार्वजनिक सेवा प्रवाहमा तीनै तहका सरकारबीचको अन्तरसम्बन्ध तथा हाल देखिएका समस्या र समाधानका उपायबारे सरोकारवालाहरूबीच स्थानीयस्तरमै छलफल गर्नेगरी मुुख्यमन्त्रीको कर्णाली यात्रा जाजरकोटबाट सुरु भएको थियो । यात्रा सुरु भएको करिब डेढ महिनामा आठ जिल्लामा यात्रा सम्पन्न भइसकेको छ । असोज अन्तिम साताबाट सुरु भएको यात्राका क्रममा मुख्यमन्त्री कँडेल रुकुम पश्चिम, सल्यान, दैलेख, हुम्ला, कालीकोट, मुगु र जुम्ला पुगिसकेका छन् ।
मुुख्यमन्त्रीसहितको सरकारी टोली जुुम्लाको कार्यक्रम सकेर सुर्खेत फर्किएको छ । अभियानको क्रममा उनले प्रदेशका केही गौरवका आयोजनाको समेत अवलोकन गरेका थिए । जिल्लास्तरमा प्रदेशमातहतका कार्यालय, सरकारी कार्यालय, स्थानीय सरकारका जनप्रतिनिधि, जिल्लास्थित सरोकारवाला र किसानहरूसँग भेटघाट गरेका थिए । डोल्पा र सुर्खेतमा कार्यक्रम आयोजना गरेर यात्रा सकिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतले जनाएको छ ।
कँडेल २०८० चैत २७ गते कर्णालीको मुुख्यमन्त्री बनेका थिए । मुुख्यमन्त्री बनेको आठ महिनापछि उनी जिल्ला यात्रामा निस्किएका हुन् । मुख्यमन्त्री कँडेलले सुरु गरेको अभियानबारे कर्णालीमा विभिन्न टिप्पणी भइरहेका छन् । सत्ता साझेदार दल, विपक्ष दललगायत सर्वसाधारणले यो यात्रालाई आ–आफ्नै ढंगले व्याख्या गरिरहेका छन् ।
कर्णाली प्रदेश सरकारले सुरु गरेका राम्रा कामबारे जनतालाई जानकारी दिने र जनताका गुनासा सुुन्ने उद्देश्यले जिल्ला दौडाहामा निस्किएको मुुख्यमन्त्री कँडेलले बताए । ‘प्रदेश सरकारले केही गरेन भन्ने जनतामा व्यापक गुुनासो छ । जिल्ला तथा स्थानीय तहमा समेत पुुँजीगत बजेट खर्च समयमै हँुुदैन । जिल्ला तहमै पुुगेर वास्तविकता बुुझ्नका लागि कर्णाली यात्रा सुुरु गरिएको हो,’ उनले भने ।
कर्णाली यात्राका क्रममा जनताका बहुुआयमिक समस्या बुझ्ने अवसरसमेत प्राप्त भएको कँडेलले बताए । कर्णाली यात्रा सकिएपछि त्यसको गम्भीर समीक्षा गर्दै आगामी आर्थिक वर्षदेखि योजना छनोट प्रक्रियादेखि सरकारले प्रत्यक्ष निगरानी गर्ने उनले बताए ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह कर्णाली यात्रा कर्णाली प्रदेश सरकारको आफ्नै कार्यक्रम भएको बताए । उनका अनुुसार योभन्दा अघि कुुनै पनि सरकारका मन्त्री र मुुख्यमन्त्रीले यस्तो अभियान सुरु गरेका थिएनन् ।
कर्णालीको विकास, बजेट खर्च बढाउने र जनताको जीवनस्तर माथि उकास्ने लक्ष्य राखेको सरकारले यथार्थ वस्तुुस्थिति बुुझ्नका लागि अभियान सुरु गरेको मन्त्री शाहले बताए । नेपाली कांग्रेसको तर्फबाट नेतृत्व गर्दै प्रदेश सरकारमा सहभागी भएका मन्त्री शाहले प्रदेश सरकारले सुरु गरेको अभियानमा सबैले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।
कर्णाली प्रदेश सभाका विपक्षी दलका नेता राजकुमार शर्मा कर्णाली प्रदेश सरकारका मुुख्यमन्त्री यामलाल कँडेलले सुरु गरेको यात्रालाई सामान्य रूपमा लिएको बताउँछन् । प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका शर्माका अनुुसार कर्णाली यात्रा नाम दिइएको कथित यात्रा घुमफिरका लागि मात्रै भएको उनले टिप्पणी गरे ।
उनले यो यात्रा वर्तमान सरकार उल्टो गतिमा हिँडिरहेको भन्ने कुराको पछिल्लो उदाहरण भएको बताए । ‘सरकारले गर्नुपर्ने धेरै काम छन् । सरकारले नगरी नहुने कामसमेत गरेको छैन,’ उनले भने, ‘तर मुुख्यमन्त्री कर्णाली यात्रा भन्दै हिँडिरहनुभएको छ । उहाँ केका लागि जिल्लामा पुुग्नुभएको हो । त्यसको केही खास उद्देश्य नै देखिँदैन ।’
सरकार पक्षले प्रदेश सरकारको कर्णाली बुझ्ने यात्रा भनेर दाबी गरिरहँदा पूर्वमुुख्यमन्त्रीसमेत रहेका शर्माले भने कर्णाली यात्रा ‘काम कुुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भनेझैँ भएको टिप्पणी गरे । उनले यो अभियानलाई मुख्यमन्त्रीको घुुमफिर यात्रा मात्र भएको दाबी गरे ।
नेकपा एमालेका प्रमुख सचेतक टेकराज पछाई जनता, स्थानीय सरकार, जिल्ला र प्रदेश सरकार जोड्न कर्णाली यात्रा सुरु गरिएको बताउँछन् । उनका अनुसार कर्णाली यात्राले कर्णाली प्रदेशका सरकारका विषयमा हालसम्म भइरहेका गुुनासा सम्बोधन गर्ने बाटो खुुलेको छ । यात्रापछि त्यसको प्रत्यक्ष प्रभाव आमजनताले महसुुस गर्ने उनको दाबी छ ।
‘कर्णाली यात्रा गुनासा सुन्ने अभियान हो ’
टेकराज पछाई
प्रमुख सचेतक
नेकपा एमाले, संसदीय दल
मुुख्यमन्त्रीज्यूले कर्णाली यात्रा गरिरहनुभएको छ । यात्राका क्रममा उहाँले जनता, जनप्रतिनिधि, सरकारी कार्यालय, राजनीतिक दलदेखि किसानहरूसँगसमेत प्रत्यक्ष भेट गर्नुुभएको छ । योजना, विकास, कर्मचारी संयन्त्रदेखि सार्वजनिक सेवा प्रवाहका विषयमा उहाँले प्रत्यक्ष अवलोकन गर्नुभएको छ । जिल्लाहरू थुप्रै समस्या छन् ।
माथिल्लो कर्णालीमा अहिले पनि माघ फागुनमा मात्रै बजेट खर्च गर्ने प्रवृत्ति छ । कर्णालीमा पुुँजीगत बजेट कार्यान्वयन हुुन सक्दैन । यस्तो अवस्थामा प्रदेश सरकारले केही पनि गरेन भन्ने आम गुुनासो छ । तर हामी सरकारमा आएपछि सुुधारका काम सुरु भएका छन् । त्यसको पनि उहाँले जनतालाई जानकारी गराउनुुभएको छ । यो यात्राको प्रतिफल आगामी आवमा देखिनेछ ।
‘कर्णाली यात्रापछि गम्भीर समीक्षा हुन्छ’
राजीवबिक्रम शाह
मन्त्री
आर्थिक मामिला तथा योजना
चालुु आर्थिक वर्षको बजेट आउँदा सरकारमा नेकपा माओवादी र एमाले थिए । हामी पछि जोडियौँ । हामी सरकारमा आएपछि बजेट कार्यान्वयनलाई जोड दिएका छौंँ । त्यसका लागि जिल्ला तहमा अवस्था के छ भन्नका लागि कर्णाली प्रदेश सरकारले नै थालेको अभियान हो यो । यो अभियान निकै सान्दर्भिक छ ।
मुुख्यमन्त्री स्वयम् जिल्लामा पुुगेर त्यहाँको वस्तुस्थिति बुझिरहनुभएको छ । म पनि अभियानअन्तर्गत जाजरकोट गएको थिएँ । अन्य जिल्लाको अवस्था पनि बुुझिरहेको छुु । यो अभियान सकिनेबित्तिकै हामी यसको समीक्षा गर्छौं । अनि नयाँ ढंगले काम अघि बढ्छ ।
‘मुुख्यमन्त्रीले गरिरहेको यात्रा घुुमफिर मात्र हो’
राजकुुमार शर्मा
संसदीय दलका नेता
नेकपा (माओवादी केन्द्र)
कर्णाली प्रदेश सरकारले गरिरहेको यात्राको विषयमा हामी जानकार छौँ । यो यात्रा ‘काम कुुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भने जस्तै हो । हाम्रो प्रदेशमा गर्नुपर्ने काम धेरै छन् । तर, सरकारले त्यतातिर ध्यान नै दिन सकेको छैन । सरकार उल्टो गतिमा हिँडिरहेको छ ।
हामी सरकारमा हुँदा धेरै कामको सुरुवात गरेका थियौँ । ती कामलाई पूर्वाग्रही ढंगले ओझेलमा पारिएको छ । मुुख्यमन्त्री नै पूर्वाग्रही हुुनुुहुुन्छ । उहाँ अरूले दिएका सुुझाव मान्नुुहुन्न । अरूका कुरा सुुन्नु हुुन्न । आफ्नै मुुढेबलमा हिँडिरहनुुभएको छ । सरकारले कर्णालीको समस्या बुुझेको छैन र ? अनि कुुरा बुुझ्न जिल्ला यात्रामा निस्किने !
प्रतिक्रिया दिनुहोस्