नेपालगन्ज ।
सगरमाथा सिमेन्टको उत्पादक घोराही सिमेन्ट उद्योग लिमिटेडले नयाँ उत्पादन ढलाइ मिक्स पिपिसी सिमेन्ट बजारमा ल्याएको छ ।
उद्योगले उक्त सिमेन्ट व्यक्तिगत घरमा बिम, स्ल्याब, जग र पिल्लरको निर्माणमा प्रयोग गर्ने प्रयोजनका लागि उत्पादन गरिएको जानकारी दिएको छ । प्रारम्भिक मजबुती, उच्च टिकाउपन र छिटो सेट हुने विशेषता भएको उक्त सिमेन्टलाई कम्पनीले नेपालमा उक्त प्रकारको पहिलो सिमेन्ट भनेको छ । ढलाइ मिक्स पिपिसी सिमेन्ट अन्य सिमेन्टको तुलनामा मूल्यमा कम्तिमा १० प्रतिशत कम दरमा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
उक्त नयाँ उत्पादनबारे नेपालगन्जमा पत्रकारहरूमाझ जानकारी गराउँदै उद्योगका सेल्स हेड आदित्य सर्राफले नयाँ उत्पानले घर निर्माणमा उच्च गुणस्तरीय संरचनात्मक मजबुती र लगानीको अधिकतम प्रतिफल प्राप्त गर्ने विश्वास व्यक्त गरे । उनले ढलाइ मिक्स सिमेन्ट एनएस मापदण्डमा तोकिएभन्दा झन्डै आधा कम समयमा सेट हुने विशेषताको रहेको पनि जानकारी दिए ।
यो उत्पादन उद्योगको वितरण सञ्जालमा सहजै उपलब्ध हुने र सहज पहुँच हुने उनले बताए । उनले नवीनतम उत्पादनसँगै उद्योगले नेपालको सिमेन्ट उद्योग क्षेत्रमा दिगो र नवप्रवर्तनशील निर्माण अभ्यासलाई सशक्त समर्थन प्रदान गर्ने आफ्नो मिसनलाई निरन्तरता दिएको बताए ।
प्रतिक्रिया दिनुहोस्