बर्दियामा ट्रकमा मोटरसाइकल ठोक्किदा एकको मृत्यु



बर्दिया ।

जिल्लाको मधुवनमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि मधुवन नगरपालिका–५ का ५४ वर्षीय तुलबहादुर गुरुङको मृत्यु भएको हो । गुरुङसँगै मोटरसाइकलमा सवार गोपीलाल बस्नेत गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

हुलाकी सडक अन्तर्गत गुलरिया राजापुुर सडक खण्डको मधुवन नगरपालिका–४ बेलुवा चोकमा लु१क ८६२ नम्बरको ट्रकमा भे९प २०४३ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक गुरुङलाई जिल्ला अस्पताल बर्दिया पु¥याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

गम्भीर घाइते बस्नेतलाई उपचारको लागि नेपालगन्ज पठाइएको बर्दिया प्रहरीले जनाएको छ । ट्रक र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय ढोढरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ कात्तिक ६ गते मंगलबार