साथीभाइको आशीर्वादले म उत्साहित छु



चण्डी गैरेवरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार 
लोकतान्त्रिक समावेशी व्यवसायी समूह

चण्डी गैरे वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार लोकतान्त्रिक समावेशी व्यवसायी समूह

१. तपाईं वरिष्ठ उपाध्यक्षका लागि चुनाव लडिरहँदा व्यापारी मतदाताहरूबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?

म निर्वाचनमा होमिनुअघि अप्ठ्यारो महसुस भएको थियो । जब म व्यवसायीहरूको घरदैलोमा पुगेँ । उहाँहरूले दिएको माया, आश्वासन र स्नेह मेरा लागि अमृतसरह भएको छ ।

सबै व्यवसायीहरूले राम्रो प्रतिक्रिया हौसला दिनुभएको छ जसले मलाई ऊर्जा मिलेको छ । मलाई उहाँहरूले सल्लाह, सुझाव र आशीर्वाद दिएर सहयोग गर्ने आश्वसन दिनुभएको छ । यसले गर्दा म धेरै उत्साहित छु ।

२. तपाईंको उम्मेदवारी किन र केका लागि ?

म २०७४ सालदेखि निरन्तर उद्योग वाणिज्य संघमा जोडिएर काम गर्दै आएको छु । सुरुवातका दिनमा एक कार्यकाल सदस्य, उद्योगतर्फ उपाध्यक्ष हँुदै अहिले वरिष्ठ उपाध्यक्षको रूपमा निर्वाचनमा होमिएको छु । मेरो उम्मेदवारी किन भने ? उद्योग वाणिज्य संघमा क्रमबद्ध रूपमा नेतृत्वमा पुग्नुपर्छ भन्ने मेरो मान्यता हो ।

एकैपटक अनुभव नबटुली अध्यक्षमा लड्दा काम गर्न गाह्रो हुन्छ । क्रमिकरूपमा माथि जाने हो भने बल्ल सक्षम नेतृत्वदायी भूमिका खेल्न सकिन्छ । त्यसैले यो अवधिमा मैले बटुलेको अनुभवका आधारमा नै म वरिष्ठ उपाध्यक्षका लागि उम्मेवार बनेको हँु । अर्काे कार्यकाल अध्यक्षको उम्मेदवारको रूपमा बलियो खम्बाका रूपमा स्थापित हुन मैले वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिएको हँु ।

३. तपाईंको नजरमा यहाँका व्यवसायीहरूका मुख्य समस्या के–के हुन् ?

व्यवसायीहरूका समस्याहरू धेरै छन् । घर भाडा, चर्काे बैंक ब्याजदर, सटरहरू खाली र नजिकै रहेको खुला सिमानाका कारण धेरै समस्या छन् ।

४. अहिलेको चुनावमा व्यवसायीहरू कतिको उत्साही भएको पाउनुभएको छ ?

म पहिलाको निर्वाचनमा लड्दा व्यवसायीहरूमा उत्साह धेरै थियो । अहिले व्यवसायीहरूको त्यो पहिलाको जस्तो उत्साह केही कम भएको छ । यति मात्र नभई पहिलाको तुलनामा खर्च पनि कम हुन्छ, मतदाताहरू पनि कम छन् ।

५. निर्वाचित भए के–के काम गर्छु भनेर प्रतिबद्धता जनाउनुहुन्छ ?

हामीले विगतका वर्षहरूमा जनाएका प्रतिबद्धताहरू पनि सबै पूरा गरेका छौँ । र यो वर्ष हामीले व्यवसायी, घरधनी तथा घरबहालसम्बन्धी समस्यालाई निराकरण गर्न, व्यवसायीलाई पुनरुत्थान सहयोग, व्यावसायिक राहत कोष स्थापनालगायतका २१ वटा प्रतिबद्धता गरेका छौँ ।

प्रकाशित मिति : २०८१ कात्तिक १ गते बिहीबार