आज विश्वकर्मा पूजा



कोहलपुर ।

आज विश्वकर्मा पूजा प्रविधि र मेसिनरीहरूको पूजा गरी नेपाल र भारतमा धुमधामसाथ मनाइँदै छ । भगवान् विश्वकर्मालाई स्मरण गर्दै नेपालमा यो चाड हरेक असोज १ गतेका दिन मनाउने गरिन्छ ।

भारतमा प्रत्येक वर्ष १७ सेप्टेम्बरमा श्रम दिवसका रूपमा यो दिवस मनाउने गरिन्छ । यो उत्पादन वृदि र राष्ट्रिय समृद्धिका लागि एक संकल्प दिवसका रूपमा मनाउने गरिएको छ ।

हरेक पर्व मनाउनुको पछाडि त्यसको धार्मिक, सांस्कृतिक, सामाजिकसँगै वैज्ञानिक कारण पनि हुन्छन् । १ असोजका दिन भगवान् विश्वकर्माको जन्म दिन भएको विश्वास गरिन्छ । त्यसैले आज उनको पूजा गरिन्छ । हिन्दु संस्कृतिमा विश्वकर्मालाई यन्त्रका देवता मानिन्छ ।

उनले यन्त्रको प्रयोग गरी मानव समाजलाई भौतिक चरम सुखमा पु¥याउनका लागि विभिन्न कार्य गरेको विश्वास गरिन्छ । प्राचीन समयमा स्वर्ग लोक, लंका, द्वारिका, हस्तिनापुरजस्ता स्थानका रचयिता भगवान विश्वकर्मा नै भएको बताइन्छ ।

यस दिन सबै कार्यस्थल, कारखाना, कम्पनी आदिमा सबै मेसिन र औजारहरूको पूजा गर्ने गरिएको छ । भनिन्छ, विश्वकर्मा नै ब्रह्माण्ड निर्माण गरेका थिए । उनी भगवान ब्रम्हाका पुत्र थिए र ईश्वर रहने सबै स्थानको निर्माण उनैले गरेका थिए भन्ने आम मान्यता छ ।

प्रकाशित मिति : २०८१ असोज १ गते मंगलबार