दाङ ।
लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीको मंगलबार दिएको राजीनामा मुख्यमन्त्री चेतनारायण आचार्यले स्वीकृत गरेका छन् । मुख्यमन्त्री आचार्यले बुधबार राजीनामा स्वीकृत गरेको मुख्यमन्त्रीका प्रेस संयोजक दशरथ घिमिरेले जानकारी दिए ।
एकल महिला निर्मला कुर्मीलाई अपहरण र बेपत्ता पारेको आरोप लागेका कुर्मीले राजीनामा दिएका थिए । उनी बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका मुख्य आरोपित समेत हुन् ।
कुर्मीविरुद्ध कर्तव्य जान मुद्दा र ठगीमा अनुसन्धान चलिरहेको छ । कांग्रेस–माओवादीको गठबन्धनबाट गत निर्वाचनमा उनी बाँकेको निर्वाचन क्षेत्र ३ (२) बाट निर्वाचित भएका थिए ।
कुर्मी साउन ९ गते कांग्रेसबाट बिनाविभागीय मन्त्री बनेका थिए । मुख्यमन्त्री आचार्यले साउन १८ गते कुर्मीलाई वन तथा वातावरण मन्त्रीको जिम्मेवारी तोकेका थिए ।
बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका मुख्य आरोपित व्यक्तिलाई अनुसन्धान नै प्रभावित गराउने गरी सांसद र मन्त्री बनाइएको भन्दै महिला अधिकारकर्मीहरू आन्दोलित भएका छन् ।
कुर्मीविरुद्ध कर्तव्य जान मुद्दा र ठगीमा अनुसन्धान चलिरहेको छ । उनलाई निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्