आहा ! जुम्लाको अर्गानिक स्याउ



गणेश रावत । कोहलपुर ।
जुम्लाको आर्गानिक स्याउ कोहलपुर बजारमा पुगेको छ । विगतका वर्षहरु भन्दा केही समय ढिलो गरेर यो वर्ष जुम्लाको स्याउ कोहलपुर पुगेको हो । कोहलपुरमा पछिल्लो समय चिनियाँ र भारतीय स्याउले बजार लिइरहेको समयमा केही मात्रामा भएपनि नेपालमा उत्पादन जुम्लाको अर्गानिक स्याउ कोहलपुर भित्रिएसँगै उपभोक्ताहरूले नेपाली ‐जुम्ला)स्याउको स्वाद लिन पाएका छन् ।

जुम्लामा यस वर्ष कृषि विकास कार्यालय र स्थानिय तहले कडाइ गर्दा स्याउ ढिलो पुगेको व्यापारी कमल शाहीले बताए । उनका अनुसार जुम्लाको स्याउ भदौंमा पाक्ने भएपनि केही समय अघि लुकेर केही मात्रमा स्याउ कोहलपुर पु¥याए पनि अहिले अधिकांश स्याउ भित्रिने समय रहेको उनको भनाइ छ ।

पछिल्लो समय जुम्ला जिल्लामा कृषि कार्यालयले अर्गानिक उत्पादनमा जोड दिएपछि बोटमैँ पूर्णरूपमा खानयोग्य भएपछि मात्र टिप्न दिएका कारण कृषकहरूले चाँडो स्याउ नटिपेपछि थप स्वादिलो बनेको जानकारी दिए । यस वर्ष जिल्लामा भदौंमा मात्र स्याउ टिप्ने अनुमति दिएकाले केही समय ढिला कोहलपुर पुगेको उनले बताए ।

अहिले जुम्लाको अर्गानिक स्याउले कोहलपुर हरियाली मार्ग स्याउमय बनेको छ । आर्थिक मन्दीले बन्दभएका सटहरु अहिले स्याउको सिजन रहेकाले गोदाम खुलेका छन् । बाटो र यातायातको कठिनाइका कारण स्याउमा धेरै नाफा नहुने भएपनि यो वर्ष अनुभव बटुल्न स्याउ कोहलपुर ल्याएको कबल बमले बताए । उनले अहिले कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट आर्गानिक स्याउ ‐खरिद)किनेर कोहलपुरमा ल्याई स्याउ बिक्री गर्दै आएको जानकारी दिए ।

जुम्ला र कालिकोटमैं प्रति किलो ६० देखि ७० रुपैयाँसम्म कृषकको बगैचामा स्याउ किनेर कोहलपुरमा १ सय २० रुपैयाँ सम्म बिक्री गर्दै आएको उनले बताए । कर्णालीको स्याउ कोहलपुर आइपुग्दा ठूलो मात्रामा खर्च उठ्ने भए पनि नाफाका लागि भन्दा पनि जुम्ली स्याउको बजार प्रवर्दधनका लागि स्याउ ल्याउने गरेको उनको भनाइ छ ।

आगामी दिनहरुमा आफ्नो कर्णालीको उत्पादन बजारसम्म पु¥याउनु र निरन्तरता दिनु ठूलो कुरा भएको उनी बताउँछन् । उनले भने, ‘यो पटक पनि बाटोको समस्या उस्तै छ ,तर कम पानी परेकाले बाटोमै रोकिनु नपर्दा स्याउ सहजैं आइपुगेको हो।’ तर, पालिकाबाट सिफारिस ल्याए स्याउ ल्याउदा पनि बाटोमा ट्राफिक प्रहरीले चेकजाँच गर्ने निहुमा अनआवश्यक दुःख दिने गरेको बताए ।

उनले टिपेको दुई–तीन दिनमै स्याउ कोहलपुर भित्रिएकाले ताजा स्याउ आइपुग्दा बिक्री पनि सहजै भइरहेको जनाए । कर्णाली राजमार्ग बेला बेला अवरुद्ध हुने हुँदा कहिले जुम्लामैँ स्याउ बजार नपाएर सडेर जाने गरेको उनको भनाइ छ । कर्णाली प्रदेशका विभिन्न जिल्लाका स्याउहरु भदौंमा पाक्ने र यता भारतीय र चिनियाँ स्याउहरू टिपेको लामो समयपछि बजारमा पुग्दा सोचे अनुसार मूल्य पाउन मुस्किल रहेको बताए ।

रकारले अहिले सम्म पनि कृषको स्याउको बजार व्यवस्थापन गर्न नसकेको भन्दै दुःख व्यक्त गरे । जुम्लाबाट ट्रकमा स्याउ ल्याउँदा आधि बाटोमैँ सडेर जाने गरेको उनले बताए । एकातिर बाटो राम्रो छैन्,अर्काे तिर काटुन नपाउँदा कोहलपुरसम्म सुरक्षित रुपमा स्याउ पु¥याउन कठिनाइ हुने गरेको मिसन टुडेलाई जानकारी दिए ।

जुम्लाको स्याउको ब्राण्ड राम्रो रहेपनि सोचे अनुसार बाटो,बजार व्यवस्थापन र उचित मूलय नपाउदा कृषको पसिन बालुवामा पानी खनाए झैँ भएको छ । कर्णाली प्रदेशको स्याउ कोहलपुर आइपुग्ने तथा औषधिको अत्यधिक प्रयोग भए पनि नेपाली उपभोक्तामा नेपालकै स्याउको यथेष्ट विकल्प नहुँदा विदेशी स्याउको भर पर्नुपर्ने अहिले पनि बाध्यता रहेको छ ।  नेपाली उपभोक्ता पनि नेपालको उत्पादन भन्दा अर्काे देशको उत्पदानको माग बढि हुने भएकाले थप समस्या थपिएको व्यापारीहरु बताउँछन्।

प्रकाशित मिति : २०८१ भदौ ४ गते मंगलबार