‘ज्ञान बहुमुखीलाई एक शैक्षिक हब बनाउने लक्ष्य छ’



कोहलपुर साझा चोकमा अवस्थित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस ज्ञान बहुमुखी क्याम्पसले विगत लामो समयदेखि वि.एड. र वि.वि.एस. तर्फ गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । २०६६ सालमा स्थापना भएको ज्ञान बहुमुखी क्याम्पस बाँके र बर्दियाको एक मात्रै गणित पठनपाठन हुने क्याम्पस हो । स्थापनाकालमा विद्यार्थीहरु खोज्दै घरघरमा र खेतबारीमा पुग्ने क्याम्पसका प्राध्यापकहरु अहिले विद्यार्थी आफँै क्याम्पस खोजेर अध्ययन गर्न आउन थालेका छन् । भाडाको घरबाट सञ्चालन भएको क्याम्पस अहिले १५ औँ बसन्त आरोह—अवरोह पार गरेर १६ औँ वर्षमा प्रवेश गरेको छ । हाल आफ्नै निजी करिब ५ कट्ठा क्षेत्रफलमा र पर्याप्त भौतिक पूर्वाधारसहित सञ्चालन भएको छ । स्थापनाकालदेखि विभिन्न आरोह अवरोह पार गर्दै अहिले आफ्नै सुविद्या सम्पन्न भवनमा पठनपाठन गराइरहेका छौं । यसै विषयमा सम्बन्धित रही ज्ञान बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टेक बहादुर गुरुङ सँग मिसन संवाददाता गणेश रावतले गरेको कुराकानीको सम्पादित अंश ।

क्याम्पस स्थापना कहिले भयो ? अहिले कसरी सञ्चालन गरिहनुभएको छ?

ज्ञान बहुमुखी क्याम्पस २०६६ सालमा न्यू बागेश्वरी एकेडेमी कलेजको नाममा स्थापना भएको थियो । अहिले ज्ञान बहुमुखी क्याम्पसको रुपमा हामीले नामकरण गरेका छौँ । स्थापनाकालमा हामीले विभिन्न चुनौती र आरोह—अवरोह पार गर्दै अहिले गुणस्तरीय शिक्षा प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्न सफल पनि भएका छौँ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेर अहिले हामीले शिक्षाशास्त्र संकाय र व्यवस्थापन संकायको पठनपाठन गरिहेका छौँ । अहिले आफ्नै भवन र ज्ञान बहुमुखी क्याम्पसलाई एउटा छुट्टै शैक्षिक हब र ब्राण्ड बनाउन लागि परिरहेका छौँ ।

अहिले क्याम्पसमा कुन–कुन विषय अर्थात संकायको पठन पाठन हुने गरेकोे छ ?

साविक न्यू बागेश्वरी एकेडेमी कलेज र हाल ज्ञान बहुमुखी क्याम्पसले त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त गरेर शिक्षाशास्त्र संकाय र व्यवस्थापन संकाय तर्फ अध्यापन अर्थात पठनपाठन गराइरहेका छौँ । जसमा बि.एड. तर्फ नेपाली, गणित अंग्रेजी, स्वास्थ्य, जनसंख्या, र वि.वि.एस.मा अंग्रेजी र नेपाली माध्यममा पठनपाठन हुने गर्छ ।

गणित विषय अध्यापन गराउन र विद्यार्थीहरु पाउन के कस्ता चुनौतीहरु छन् ?

विशेष गरी गणित विषयलाई हामीले एउटा ब्राण्डका रुपमा सञ्चालन गरिहेका छौँ । बाँके र बर्दियामा गणित (म्याथम्याटिस्)अध्यापन गराउने एक मात्रै क्याम्पस ज्ञान बहुमुखी क्याम्पस हो । सुरुवातका दिनहरुमा गणित विषय पढ्ने विद्यार्थीहरु पाउन गाह्रो हुने गथ्र्याे । गणित लिएर कक्षा–१२ पास गर्ने विद्यार्थीहरुको संख्या न्यून छ । त्यसैले पनि विज्ञान,बि.एसी. पढ्न नसकेका विद्यार्थीहरु गणित पढ्ने गरेका छन् । क्याम्पसमा गणित विषय अध्ययन गर्ने विद्यार्थीहरु मात्र नभई पछिल्लो समय गणित शिक्षक पाउन समेत मुस्किल रहेको छ । त्यसैले पनि ज्ञान बहुमुखी क्याम्पसमा लामो अनुभव र दक्ष प्राध्यापकहरु रहेकाले गणित विषय ब्राण्डका रुपमा पठनपाठन हुने गर्छ ।

विद्यार्थीहरुलाई नेपालमा रोक्न रोजगारी गर्दै पढ्दैँ गर्ने केही त्यस्तो कार्यक्रमहरु सञ्चालन गर्नु भएको छ ?

हो, पछिल्लो समय विद्यार्थीहरु प्रथम वर्ष अध्ययन गर्ने बिचमा छाडेर बिदेशीने क्रम बढ्दो रहेको छ । विगतका वर्षहरुमा ११ सय विद्यार्थीहरु ज्ञान बहुमुखी क्याम्पसमा अध्ययनरत थिए । अहिले ७ सय ५० जना विद्यार्थीहरु भन्दा अधिक अध्ययनरत रहेका छन् । त्यसैले हामीले विद्यार्थीहरुको दक्षता र रुचि अनुसार निजी क्षेत्रसँग समन्वय गरेर एकातिर कमाउने अर्काे तिर पढ्ने व्यवस्थापन पनि गरेका छौँ । साथ साथै विभिन्न सरकारी कार्यालयहरुसँग अनुरोध गरेर नेपालमैँ केही गर्न सकिन्छ भन्ने उदाहरण दिन र प्रेरणा प्रदान गर्न फिल्ड भिजिट, शैक्षिक,औद्योगिक भ्रमण, सचेतनामूलक कार्यक्रम जस्तैः लागू औषध दुव्र्यसन, साइबर अपराध, तनाव व्यवस्थापन, क्याम् फायर, वनभोज, बृक्षारोपण, सरसफाइ कार्यक्रम फुटबल, क्रिकेट, हाजिरजवाफ, वक्तृत्वकला प्रतियोगिता मोटिभेसनल कक्षा, शिक्षक लाइसेन्स कक्षा, लोक सेवा आयोगसम्बन्धी कक्षा, जब परामर्श कक्षा,वित्तीय साक्षरता, वैंकको इन्टन्सिीप, कर्पोरेट ल सम्बन्धी कानूनी परामर्श सेवा आदि विद्यार्थीलाई सैद्धातिक ज्ञान भन्दा व्यवहारिक÷प्रयोगात्मक ज्ञानमा जोड दिने कक्षाहरु सम्पन्न गरेका छौँ ।

अहिले क्याम्पसमा भर्ना खुलिरहेको छ । किन र के कारणले ज्ञान बहुमुखी क्याम्पस कक्षा १२ पास गरेका विद्यार्थीहरुले रोज्ने त?

सर्वप्रथम कक्षा–१२ मा उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना दिन चाहन्छु । अहिले नयाँ शैक्षिक सत्र ०८१÷०८२ प्रथम वर्षको लागि भर्ना अभियान चलिरहेको छ । ज्ञान बहुमुखी क्याम्पस एक शैक्षिक क्यालेण्डरअनुसार कोर्स सक्काउने र गणित विषयको ब्राण्ड हो । यति मात्रै नभई वर्षमा २ पटक आन्तरिक परीक्षा सञ्चालन हुने गर्छ । त्यसमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई विशेष छुट दिने गरेका छौँ । हामीले पठनपाठन मात्र नभई अतिरिक्त क्रियाकलाप हाजिरजवाफ प्रतियोगिता, वक्तृत्वकला,क्रिकेट,फुटबल लगायतका खेलकुद र अन्य विविध कार्यक्रमहरु सञ्चालन गर्ने गर्छाैँ । यसले पनि विद्यार्थीहरुको आफ्नो उज्ज्वल भविष्य र शैक्षिक गुणस्तरको लागि ज्ञान बहुमुखी क्याम्पस रोज्न आवश्यक छ ।

गरिब र विपन्न विद्यार्थीहरुलाई विशेष कति प्रतिशत छुटमा पठनपाठन गराइरहनु भएको छ ?

हामीले विगतदेखि नै आर्थिक रुपमा विपन्न र गरिब विद्यार्थीहरुलाई छात्रवृत्ति कोटा छुट्टयाएर विशेष १० प्रतिशत छुट दिने गरेका छौँ । यति मात्रै नभई पिछडिएका विद्यार्थीहरुलाई पनि कोटा छुट्टयाएर विशेष छुट दिने व्यवस्था छ । वास्तविक विपन्न र गरिब विद्यार्थीहरुलाई उनीहरुको कागजातको आधारमा छुट दिएर अध्ययन गराउने गरेका छौँ ।

पहिलो कार्यकाल सकिएर पनि तपार्इँ दोस्रो कार्यकालको रुपमा भर्खरै नियुक्ति हुनु भएको छ । अबको तपाईँको भावि योजना चाहिँ के छ?

मेरो पहिलो कार्यकालमा क्याम्पसको आन्तरिक, कानुनी पक्ष र भौतिक व्यवस्थापन गर्दै बित्यो । निकै चुनौती र संघर्षपूर्ण रुपमा बित्यो । अर्कातिर विद्यार्थी संख्या कम रहेकाले विद्यार्थीहरु खोज्न गाउँ–गाउँ धाउनु प¥यो । भाडाको रुपमा रहेको भवन आफ्नै नाममा ल्याउन सफल भयौंँ तर शैक्षिक क्षेत्रमा सम्भावना नै सम्भावना भएको क्याम्पस ज्ञान बहुमुखी हो । त्यसैले पनि यस क्याम्पसबाट उत्तीर्ण भएका विद्यार्थीहरु करिब ५६ जना निजामति सेवा शिक्षा आयोग पास गरेर सरकारी सेवामा कार्यरत छन् र अन्य थुप्रै निजी संघसस्थाहरुमा नाम निकाल्न सफल भएका छन् । त्यसैले अबको योजना भनेको शैक्षिक गुणस्तरको र शैक्षिक हबको रुपमा क्याम्पसलाई अघि बढाउन लागि परेको छु ।

गुणस्तर सुधार्नको लागि टि.यू.अन्तर्गतको UGC भनेको विश्वविद्यालय अनुदान आयोगबाट QAA प्रमाणपत्र प्राप्त गर्ने प्रयास गरेका छौँ । QAA भनेको गुणस्तर सुनिश्चतता प्रत्यायन भन्ने बुझिन्छ । यसका तीन चरणहरु हुन्छन् । त्यसमध्ये पहिलो चरण आशय पत्र Letter of Intent  प्राप्त गरिसकेका छौँ । अब बाँकी दुई चरणहरु मेरो कार्यकालमा प्राप्त गरेर अघि बढ्ने योजना छ । साथै विद्यार्थीहरुले र प्राध्यापकहरुले राम्रोसँग शिक्षण खोज अनुसन्धान, डिजिटल पेडागोजीको शिक्षण पद्धतिका लागि टि.यू.को केन्द्रीय पुस्तकालयबाट सदस्यता प्राप्त गरिसकेका छौँ ।

यसले अध्ययनमा थप टेवा पुग्ने विश्वास लिएको छु । भर्खरै कक्षा १२ उत्तीर्ण हुनु हुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको कामना र पूरक परीक्षा दिनुहुने भाइबहिनीहरुलाई सफलताको अग्रिम शुभकामना दिन चाहन्छु ।

प्रकाशित मिति : २०८१ भदौ ३ गते सोमबार