पहिलो ब्याचमै २०८० को एसइई परीक्षामा ४१ जना विद्यार्थी सहभागी गराएकोे विद्यालयले शतप्रतिशत नतिजा ल्याउन सफल भएको थियो । एसइईमा सहभागी ४१ जना विद्यार्थीमध्ये २७ जना ए र १४ जना ए प्लस ल्याएर उत्तीर्ण भएका थिए । पहिलो ब्याचका विद्यार्थीहरूले नै ए र ए प्लससहित शतप्रतिशत नतिजा ल्याउनुमा शिक्षक र विद्यार्थीहरूको अथाह मेहेनत र परिश्रम रहेको प्रधानाध्यापक जोमन जेम्सले बताए ।
कोहलपुर ।
कोहलपुर नगरपालिका–१० रामनगरमा अवस्थित जीवन ज्योति माविले यस शैक्षिक सत्रबाट साइन्स र म्यानेजमेन्ट कक्षा सञ्चालन गर्ने भएको छ । अत्याधुनिक ल्याबसहित विद्यालयले कक्षा ११ मा साइन्स र म्यानेजमेन्ट पठनपाठन गर्ने भएको हो ।
विद्यालयले अहिले विद्यार्थी भर्ना गरिरहेको छ । भर्नाका लागि करिब २ सय विद्यार्थीले आवेदन दिएको जीवन ज्योति माविका प्रधानाध्यापक तथा प्रबन्धक निर्देशक जोमन जेम्सले जानकारी दिए ।
कोहलपुरका विद्यार्थीहरू गुणस्तरीय शिक्षाका लागि काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य गर्न विद्यालयले कम खर्चमै साइन्स र म्यानेजमेन्टका कक्षा सञ्चालन गर्ने तयारी गरेको प्रधानाध्यापक जेम्सले दाबी गरे । विद्यालयप्रति अभिभावकको भरोसा र विश्वास रहेकाले विद्यार्थी खोज्नुपर्ने अवस्था नरहेको उनले बताए ।
‘शैक्षिक गुणस्तर प्रदान गर्नुपर्छ,’ उनले भने, ‘विद्यार्थीहरूको कमी हुँदैन, विद्यार्थी र अभिभावक आफैँ विद्यालय खोज्दै आउने गर्छन् ।’ अहिले साइन्स र म्यानेजमेन्टका लागि विद्यालयमा भौतिक र दक्ष जनशक्तिको सम्पूर्ण तयारी रहेको उनको भनाइ छ ।
साउन पहिलो साताबाट पठनपाठन सुरु हुने शिक्षक चेत चापागाईंले जानकारी दिए । उनका अनुसार पश्चिम क्षेत्रमा पहिलो पटक सुविधा सम्पन्न अत्याधुनिक ल्याबहरूसहित विद्यालयले साइन्स र म्यानेजमेन्टका कक्षा सञ्चालन गर्न लागेको हो ।
साइन्स र म्यानेजमेन्टका विद्यार्थीहरूका लागि फिजिक्स, क्यामेस्ट्री, बायोलोजी र कम्प्युटरका छुट्टाछुट्टै ल्याबहरू तयारी अवस्थामा रहेको उनले बताए । हिजोदेखि आवेदनको म्याद सकिएकाले आजदेखि प्रवेश परीक्षा सञ्चानल हुने र उत्तीर्ण विद्यार्थीहरूलाई अन्तर्वार्तापश्चात भर्ना गरिने उनले जानकारी दिए ।
अहिले जीवन ज्योतिमा विद्यालयमा कक्षा–१० सम्म २ हजार २ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयले दक्ष जनशक्तिबाट पठनपाठन गरिरहेको दाबी गरेको छ । विद्यालयले पहिलो ब्याचमै २०८० को एसइई परीक्षामा ४१ जना विद्यार्थी सहभागी गराएकोे विद्यालयले शतप्रतिशत नतिजा ल्याउन सफल भएको छ ।
एसइईमा सहभागी ४१ जना विद्यार्थीमध्ये २७ जना ए र १४ जना ए प्लस ल्याएर उत्तीर्ण भएका हुन् । पहिलो ब्याचका विद्यार्थीहरूले नै ए र ए प्लससहित शतप्रतिशत नतिजा ल्याउनुमा शिक्षक र विद्यार्थीहरूको अथाह मेहेनत र परिश्रम रहेको प्रधानाध्यापक जेम्सले बताए । ‘रातदिन नभनी विद्यार्थीहरूलाई अध्यापन गराउँदा मात्र परिणाम सोचेभन्दा राम्रो ल्याउन सफल भइएको हो,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्