बाँके ।
नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ग्राहकहरूका लागि ‘मनसुन एक्सचेन्ज’ अभियान सार्वजनिक गरेको छ । यो अभियान जेठ २३ देखि जेठ २८ गतेसम्म चल्नेछ ।
‘मनसुन एक्सचेन्ज’ अभियानले स्मार्ट कनेक्ट, आरटी–एफआई, बीएस–भी, राइड मोडहरू र जीटीटी (ग्लाइड टू ट्राफिक) जस्ता नवीनतम प्रविधिहरूले सुसज्जित टीभीएस मोटरसाइकल मोडलहरूमा रोमाञ्चक लाभहरू प्रदान गर्ने कम्पनीले जनाएको छ । यी सुविधाहरूले सवारी चलाउने अनुभव, सुधारिएको प्रदर्शन र उच्च इन्धन दक्षता सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।
सीमित अवधिको अभियानमा ग्राहकहरूले टीभीएसका बाइक तथा स्कुटरको खरिदमा क्यास डिस्काउन्टका साथै, पुरानो मोटरसाइकलमा थप मूल्यांकन प्राप्त गर्न सक्ने पनि बताइएको छ ।
यी प्रस्तावहरूलाई अझ पहुँचयोग्य बनाउन जगदम्बा मोटर्सले बजारकै सबैभन्दा कम प्रतिमहिना तीन हजार ९९९ इएमआई पनि उपलब्ध गराइरहेको कम्पनीले जानकारी दिएको छ । साथै, ग्राहकहरूले हेल्मेट, बाइक कभर र ब्याग लगायत निःशुल्क सामग्री पनि प्राप्त गर्न सक्नेछन् ।
बाँकेका कोहलपुर र नेपालगन्जमा रहेका डिलरहरूमा यो सुविधा लागू हुनेछ । टीभीएसका दुई पांग्रे सवारी साधनका लागि कोहलपुरमा पानस अटो मोटिभ्स र नेपालगन्जमा ग्रेस एण्ड ग्लोवल आधिकारिक बिक्रेता रहेका छन् ।
जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुई पांग्रे सवारी साधनका लागि एकमात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरूमार्फत आफ्नो सेवा दिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्