कर्मचारीको आवश्यकता भएरै नगरपालिकाले कर्मचारी नियुक्त गरेको हो । कुनै कुनै वडामा दुई जना मात्र कर्मचारी थिए । जस्तै मेरै वडाको कुरा गर्ने हो भने जम्मा दुई जना कर्मचारी एक जना वडासचिव अर्को कार्यालय सहयोगी मात्र थिए । त्यसकारण कार्यपालिका बैठकको सर्वसम्मत निर्णयबाटै कार्यविधि बनाएर प्राविधिक कर्मचारी नियुक्त गर्ने निर्णय भएको हो ।
० तपाईंको वडामा विकासका काम कसरी अगाडि बढिरहेका छन् ?
सामान्यतया दैनिक कार्यालयबाट सेवाग्राहीलाई दिइने सेवा त भई नै हाले । यो त निरन्तर चलिरहने प्रक्रिया भयो । तर अब भौतिक पूर्वाधार विकासका कुरा गर्ने हो भने अहिले हामीले बाँसगढी बजारको खानेपानी ट्यांकीदेखि पश्चिमतिर सहरी विकासअन्तर्गत नाली निर्माणको काम गरिरहेका छौँ । खानेपानी चोकदेखि पूर्व माछापुच्छे« होटलसम्म पनि नाली निर्माणको काम लगत्तै सुरु हुँदै छ । त्यस्तै बाँसगढी थारूगाउँको शिवमन्दिर पूर्व पनि नाली निर्माण हालै सम्पन्न भइसकेको छ । त्यस्तै, घोराहा नालामा पक्की पुल निर्माण भएको छ । बबई सिँचाइ आयोजना बैदीको सहयोगमा यो पुल निर्माण गरिएको हो । शान्तिमार्ग टोलमा विद्युत विस्तारका लागि पोल गाड्ने काम सम्पन्न भएको छ । अब त्यहाँ तार तानिँदै छ ।
० भौतिक पूर्वाधार निर्माणका कामबाहेक वडाबाट अन्य के कस्ता काम भइरहेका छन् ? वडामा तपाईंको प्राथमिकताको क्षेत्र कुन हो ? कृषि क्षेत्रमा के काम गरिरहनुभएको छ ?
हामीले बाँसगढी नगरपालिकाको कृषि शाखाबाट किसानहरूलाई अनुदानमा कृषि यन्त्र उपलब्ध गराउने काम गरेका छौँ । २५ देखि ५० प्रतिशतसम्म अनुदानमा टेलरपावर, हाते ट्«्याक्टर, पानी तान्ने मोटरलगायतका कृषि उपकरण वितरण गरेका छौँ । त्यसैगरी, कृषि शाखाबाटै अनुदानमै बिउबिजन पनि वितरण भइरहेको छ । अहिले बसन्ते मकै वितरण गर्ने काम भइरहेको छ । माछापालक कृषकहरूका लागि पम्पसेट र जाललगायतका सामान ५० प्रतिशत अनुदानमा वितरण भएको छ । त्यसैगरी अधियाँ बटैया गर्ने किसानहरूलाई २५ प्रतिशत अनुदानमा रासायनिक मलको व्यवस्था कृषि शाखाबाटै गरिएको छ । मसलाबाली जस्तै प्याज, लसुन, बेसारलगायतका बिउमा पनि अनुदानको व्यवस्था मिलाइएको छ ।
० तपाईंहरूले किसानलाई उत्पादनमा सहयोग होस्् भनेर कृषि उपकरण तथा बिउबिजनमा अनुदान दिनुहुन्छ तर किसानले त्यसको कत्तिको सदुपयोग गरेको छ, कस्तो उत्पादन गरिरहेको छ वा अनुदान दिइएका उपकरणको कसरी प्रयोग भइरहेको छ भनेर कहिल्यै अनुगमन गर्ने गर्नुभएको छ ?
यस्तो अनुगमन त अब कृषि शाखाले नै गर्नुपर्ने हो । हालसम्म त्यस्तो अनुगमन हुने गरेको पाइएको छैन । यसका बारेमा हामीले कार्यपालिकाको बैठकमा पटकपटक कुरा उठाउँदै पनि आएका छौँ । कृषि शाखाले अनुदानमा दिएका यन्त्रहरू चलायमान छन् या छैनन् त्यसका लागि अनुगमनको व्यवस्था मिलाउनुप¥यो भनेर हामीले भन्दै आएका छौँ । तर यो काम भएको छैन । कतिपय त यस्तो पनि सुन्नमा आएको छ कि किसानहरूले अनुदानमा लगेका यस्ता कृषि यन्त्रहरू एक सिजन प्रयोग गर्ने र मुनाफा लिएर अन्यत्र बिक्री गर्ने गरेका छन् । यो कुरा कतिसम्म सत्य हो यसको अनुगमन र छानबिन हुनुपर्छ ।
० तपाईंको वडा नगरपालिकाको मुख्य बजार क्षेत्र भएका कारण पनि यो वडामा यो काम महत्वपूर्ण छ मैले यो काम गर्नैपर्छ भनेर प्राथमिकता दिएर गर्नुपर्ने काम के देख्नुभएको छ ?
मुख्यतया यहाँको समस्या भनेको डुबान हो । बजार क्षेत्र बर्सेनि डुबानको चपेटामा पर्छ । पटकपटक यहाँका बासिन्दाबाट मैले भनाइ पनि सुन्नुपरेको छ । यसअघि पनि यो समस्याको समाधान गरिनुपर्छ भन्ने कुरा आएको हो । हामीले पनि यहाँको पानीको निकासका लागि नालीको व्यवस्था गर्न माग अघि सारेका छौँ । पहिलाका पानी जाने मुहानहरू सबै पुरिएका छन् । बजार विस्तार हुने क्रममा पानीको प्राकृतिक बहाव रोकिएको छ । यो समस्यामा वडा मात्रको भन्दा पनि नगरपालिकाकै पहल हुनु जरुरी देखेको छु मैले । मेरो प्राथमिकता पनि यही हो ।
० यो समस्या बाटोघाटो, नालीजस्ता सार्वजनिक जग्गा अतिक्रमणका कारण पनि झन् बढेको देखिन्छ । सार्वजनिक जग्गा फिर्ता गर्ने सवालमा तपाईंको भूमिका वा पहल के छ ?
बजार बिस्तार हुने क्रममा ‘यो त मेरो जग्गा हो म छोड्दिनँ’ भन्ने अर्कोले पनि ‘म किन छोड्ने’ भन्ने प्रवृत्तिका कारण यो समस्या अझ जटिल बन्दै गएको यथार्थ हो । यो विषयमा एउटा वडाध्यक्षले मात्र गरेको पहल पर्याप्त हुँदैन । मेरो पहलले मात्र अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गराउन अब सम्भव छैन । यसका लागि नगर प्रमुखलगायत सबैले गम्भीर भएर सोच्नुपर्छ । यस्तो अतिक्रमण अहिले एकैचोटि आएर भएको होइन, परापूर्वकालदेखि नै हुँदै आएको हो ।
० यसको सुरुवात वा पहल त वडाबाटै हुनुपर्ने होला नि हैन ?
सस्तो बजार, तालबाराही मन्दिरवरपर, नगरपालिका कार्यालय आसपासमा सार्वजजिनक जग्गा बढी अतिक्रमित भएका छन् । यी जग्गाहरूमा कतिपयले घर बनाएर बसेका छन् । त्यसकारण हामीले उनीहरूलाई त्यहाँबाट हटाउन सक्ने अवस्था पनि रहँदैन । त्यसैले यो समस्या समाधानका लागि अहिले बनेको भूमि आयोग, नगरपालिकाले नै समाधान गर्नुपर्छ भन्ने मलाई लाग्छ । अतिक्रमित जग्गा फिर्ता गर्ने सन्दर्भमा वडाले गर्नुपर्ने आवश्यक सहयोग गर्छ ।
० तपाईं मेयरको भन्दा फरक दलबाट प्रतिनिधित्व गर्ने भएकाले तपाईंहरूलाई वर्तमान मेयरसँग काम गर्न कत्तिको सप्ठेरो अप्ठेरो परेको छ ?
वर्तमान मेयरबाट हामीलाई फरक पार्टीको भएकै कारणले त त्यस्तो कुनै असहयोग भएको छैन । हामीले पनि उहाँलाई सहयोग नै गरेका छौँ । विकास निर्माणका सवालमा अनावश्यक बखेडा झिक्ने काम कसैबाट पनि हुनुहुँदैन । तर कतिपय कुरामा मेयरले पहल गर्नुपर्ने ठाउँमा नगरेको मैले महसुस गरेको छु । मेरै वडामा एउटा बाटो निर्माणका सन्दर्भमा उहाँले त्यसलाई बेवास्ता गर्नुभएको छ । नक्सामा नभएको तर प्रचलनमा भएको र ग्रयाबिलसमेत भइसकेको अब पिच हुने अवस्थाको बाटो मेयरकै उदासीनताका कारण अहिले अलपत्र अवस्थामा छ । यस्ता जनसरोकारका विषयमा उहाँले बेवास्ता गर्न मिल्दैन ।
० तपाईले लगेका योजनाहरू पर्याप्त मात्रामा परेका छन् ? बजेट विनियोजनमा कुनै पक्षपात भएको छ कि छैन ?
सबै वडामा बराबर बजेट विनियोजन हुने गरेको छ । गत आव २०७९÷८० मा प्र्रत्येक वडामा ४५ लाख बजेट विनियोजन भएको थियो । त्यसैगरी चालू आवमा प्रत्येक वडामा १ करोडका दरले विनियोजन गरिएको छ । तर ५ नम्बर वडाको सन्दर्भमा यो बजेट पर्याप्त हुँदैन । यसमा मेरो असन्तुष्टि र आपत्ति छ । यो वडा भनेको नगरपालिकाको मुख्य बजार क्षेत्र हो । बढीमा सय घरधुरी भएको वडा नम्बर १ मा पनि १ करोड १८ सय घरधुरी भएको वडा नम्बर ५ मा पनि १ करोड ! यो न्यायोचित बाँडफाँट भएन भन्ने मलाई लागेको छ । भौगोलिक तथा जनसांख्यिक हिसाबले बजेट बाँडफाँट गर्नसकिने विधिविधान हुँदाहुँदै पनि त्यसरी वितरण भएको छैन । यसमा मेरो गुनासो हो । यो बजेट बाँडफाँटमा मेरो चित्त बुझेको छैन ।
० यो वडा नगरपालिकाको केन्द्र पनि भएकाले स्वास्थ्य पूर्वाधारतिर यहाँले कत्तिको ध्यान दिनुभएको छ ?
स्वास्थ्यका नियमित सेवा र राज्यले उपलब्ध गराएका सहुलियत वितरण गर्ने कुरामा हामीले निरन्तरता दिएका छौँ । त्यसका अलावा हामीले ८० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई घरमै गएर सामान्य चेकजाँच गर्ने व्यवस्था पनि मिलाएका छौँ ।
० ज्येष्ठ नागरिकको कुरा गर्दा राज्यले ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप वडाहरूमार्फत सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । यसमा भत्ता लिनका लागि ज्येष्ठ नागरिकहरूलाई बैंकमा लाम लाग्नुपर्ने, वडामा लाइन बस्नुपर्ने अवस्था छ । यो उहाँहरूको सम्मान नभएर अपमान जस्तो हुने गरेको छ । यसै सन्दर्भमा कतिपय पालिकाका वडाले घरमै गएर ज्येष्ठ नागरिकलाई भत्ता वितरण गर्ने गरेको सुनिन्छ । तपाईंको वडामा के छ व्यवस्था ?
हाम्रो पालिकाभरिकैे सन्दर्भमा कुरा गर्दा अन्य वडामा अलि टाढाका र अशक्त ज्येष्ठ नागरिकलाई उहाँहरूको घरसम्मै कर्मचारी पठाएर भत्ता दिने व्यवस्था छ । तर मेरो वडाको सवालमा भौगोलिक हिसाबले सबैलाई नजिकै छ । कसैलाई पनि त्यति टाढा पर्दैन । त्यसैले प्रायः ज्येष्ठ नागरिकहरू वडामै आएर भत्ता लिनुहुन्छ । तर ८० वर्ष नाघेका र अशक्त ज्येष्ठ नागरिकलाई म आफैँ उहाँहरूको घरमा पुगेर भत्ता वितरण गर्ने गरेको छु । एक जना सुरक्षाकर्मी र बैंकका कर्मचारीसहित म आफैँ उहाँहरूको घरमा पुगेर भत्ता दिने गरेको छु ।
० पछिल्लो समय हामीकहाँ जटिल बन्दै गएको तर त्यसप्रति धेरैको सरोकार नरहने गरेको समस्या हो, लागूऔषध दुव्र्यसनीको समस्या । यो कुनै एक वडा वा पालिकाको मात्र नभएर मुलुककै चुनौतीपूर्ण समस्या बन्दै गएको पाइन्छ । तपाईंको वडामा यो समस्या कस्तो छ ?
वास्तवमै यो समस्या एकदमै भयावह बन्दै गएको छ । हाम्रो छिमेकी मुलुक भारतसँगको खुला नाकाले गर्दा पनि यसले बढ्ने मौका पाएको हो भन्ने मलाई लाग्छ । मेरो वडामा पनि अवश्य यो समस्या छ । यसका बारेमा राज्य तहबाटैे सचेतनामूलक कार्यक्रम राख्नु जरुरी म देख्छु । जुन हुन सकिरहेको छैन । मैले पटकपटक यस विषयमा नगरपालिकामा पनि कुुरा राख्दै आएको छु । यहाँको नागरिक समाजसँग पनि मैले अन्तक्रिया गर्ने गरेको छु । लागूऔषध दुव्र्यसनीकै कारण समाजमा चोरी, डकैती, झैझगडाजस्ता सामाजिक अपराधहरू बढिरहेका छन् । कति साइकल चोरी भए, मेरै वडा कार्यालयबाट ब्याट्री चोरी भयो । यो एउटा बिकराल समस्याको रूपमा देखिएको छ । यसमा समाजका सबै क्षेत्र सचेत हुनु जरुरी छ । बेलैमा सचेतता नअपनाउने हो भने यसले भयावह रूप लिँदै जाने म देख्दछु ।
० अलिकति फरक प्रसंग, हालै नगरपालिकाले ठूलो संख्यामा प्राविधिक कर्मचारी करारमा नियुक्त गरेको छ । के यो आवश्यकताका आधारमै गरिएको हो वा आफ्ना नातेदार वा कार्यकर्ता व्यवस्थापन गर्ने उद्देश्यका साथ भएको हो ?
कर्मचारीको आवश्यकता भएरै नगरपालिकाले कर्मचारी नियुक्त गरेको हो । कुनै कुनै वडामा दुई जना मात्र कर्मचारी थिए । जस्तै मेरै वडाको कुरा गर्ने हो भने जम्मा दुई जना कर्मचारी एक जना वडासचिव अर्को कार्यालय सहयोगी मात्र छन् । त्यसकारण कार्यपालिका बैठकको सर्वसम्मत निर्णयबाटै कार्यविधि बनाएर प्राविधिक कर्मचारी नियुक्त गर्ने निर्णय भएको हो । एउटै कर्मचारीले दोहोरो तेहरो भूमिकामा काम गरिरहनुपरेको थियो । जस्तै हाम्रो वडाका एक जना कर्मचारी हुनुहुन्छ उहाँ अग्निनियन्त्रक पनि हो । तर यहाँ कार्यालय सहयोगीको भूमिकामा पनि हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्