नेपालगञ्ज ।
बाँकेमा पछिल्लो २४ घण्टामा मंगलवार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका दुई प्रयोगशालामा गरिएको परीक्षणमा ३ महिला र ४ पुरुषमा संक्रमण पुष्टि भएको हो । एक सय ७३ नमूना परीक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि हुँदा बाँकेका ७ जना रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा गरिएको परीक्षणमा २ महिला र ३ पुरुष गरेर ५ जना तथा भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा एक महिला र एक पुरुष गरेर २ जनामा संक्रमण देखिएको थियो । योसँगै बाँकेमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ७ सय ३२ पुगेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
संक्रमितमध्ये ७ हजार ५ सय ६३ महिला र १० हजार १ सय ६९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा बाँकेका दुई प्रयोगशालामा गरिएको परीक्षणमा बाहिरी जिल्लाका २२ महिला र १५ पुरुष गरेर ३७ जनामा संक्रमण पुष्टि भएको थियो । मंगलवार बाँकेमा ५ महिला र ३ पुरुष गरेर ८ जना कोरोना जितेर घर फर्किएको फोकल पर्सन ओलीले जानकारी दिए ।
योसँगै बाँकेमा कोरोना जितेर घर फर्किनेहरुको संख्या १७ हजार ३ सय १ पुगेको छ । कोरोना जितेर घर फर्किनेहरुमा ७ हजार ३ सय ७८ महिला र ९ हजार ९ सय २३ पुरुष रहेका छन् । बाँकेमा मंगलवारसम्म संक्रिय संक्रमितको संख्या ६२ महिला र ८१ पुरुष गरेर १ सय ४३ जना रहेको थियो । जिल्लामा बाहिरी जिल्लाका संक्रिय संक्रमित भने २२ जना रहेका थिए ।
सबै गरेर अस्पतालमा १९ महिला र १५ पुरुष गरेर ३४ जना उपचाररत रहेको फोकल पर्सन ओलीले बताए । ५५ महिला र ७६ पुरुष गरेर १ सय ३१ संक्रमित भने होम आइसोलेसनका रहेका छन् । हालसम्म बाँकेमा संक्रमणका कारण जिल्लाभित्र र बाहिरी जिल्लाका गरेर ७ सय ९ जनाको मृत्यु भइसकेको छ । तीमध्ये २ सय ५३ महिला र ४ सय ५६ पुरुष रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्