11 September 2024  |   बिहिबार, भदौ २७, २०८१

४२ लाख मूल्य बराबरको मोबाइल पाट्स बरामद

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, साउन ११, २०८०  


नेपालगन्ज ।

प्रहरी बल नेपाल नम्बर ३० गण बाँकेबाट खटिएको टोलीले कोहलपुरबाट बुधबार ४२ लाख रुपैयाँभन्दा बढीका तस्करी गरेर भिœयाइएका मोबाइलका पार्टसहरु बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बाँकेका प्रमुख एसपी रमेशविक्रम शाहीका अनुसार सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बाँकेबाट खटिएको टोलीले कोहलपुर नगरपालिका–११ स्थित कृषि चोक नजिक चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा राखेर लैजाँदै गरेको ४२ लाखको उक्त सामान बरामद गरेको हो ।

उनले भारतको उत्तर प्रदेश बरेली स्थायी वतन भएका नावेद अलीले चलाएको से७प ८९९९ नम्बरको मोटरसाइकलमा बिलबिजक नभएका ४२ लाख १२ हजार नौ सय सात रुपैयाँ बराबरका मोबाइल डिस्पलेलगायतका पार्टसहरु बरामद गरिएको बताए ।

ती सबै सामान भारतबाट अवैधरुपमा भन्सार राजस्व छलेर भिœयाइएको जनाइएको छ । भारतबाट सय रुपैयाँको सामान ल्याउँदा भन्सार राजस्व लिन कडाइ गरिएको बेला ४२ लाखभन्दा बढीको सामान कसरी भित्रियो भन्ने प्रश्न आम नागरिकको छ ।

प्रकाशित मितिः बिहिबार, साउन ११, २०८०     1:54:33 PM  |