कोहलपुर ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) ऐनबहादुर मल्लले पत्रकारमाथि दुव्र्यवहार गरेका छन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको बसका चालकलाई कारबाहीको माग राखेर गरिएको प्रदर्शनको समाचार संकलन गरिरहेका पत्रकारमाथि डिएसपी मल्लले दुव्र्यवहार गरेका हुन् ।
बिहीबार ईलाका प्रहरी कार्यालय परिसर अगाडि नै रिपोर्टिङका क्रममा कोहलपुर एफएम र ईआवाज अनलाइनमा कार्यरत विजय परियारमाथि धरकपड गरी भिडियो खिचिरहेकाबेला डिएसपी मल्लले मोबाइल नियन्त्रणमा लिएका थिए ।
साथै पत्रकार परियारलाई प्रहरीले कार्यालयभित्र आधा घण्टा बन्धकसमेत बनाएको थियो । पीडित पत्रकार परियारले आफूले आन्दोलनको भिडियो खिचिरहेका बेला मल्लले दुव्र्यवहार गरी आफ्नो मोबाइल नियन्त्रणमा लिएको बताए । पत्रकार हु भन्न नपाउँदै जबरजस्ती अपराधी जस्तो समातेर नियन्त्रणमा लिइएको उनको भनाइ छ ।
सुरक्षा निकायको प्रमुख जस्तो व्यक्तिले आफ्नो कर्म गरिरहेका पत्रकारमाथि दुव्र्यवहार गरेर आत्मसम्मान माथि नै चोट पुगेको उनी बताउँछन् । उनी सम्बद्ध कोहलपुर एफएमले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी प्रमुखबाटै गरिएको धरकपड र दुव्र्यवहारको घोर भत्र्सना गरेको छ ।
राज्यको चौथो अंगका रुपमा रहेको सञ्चार क्षेत्रलाई कोहलपुर प्रहरीबाट भएको हस्तक्षेप, प्रेस स्वतन्त्रताविरुद्धमा गरिएको गैरन्यायिक कदमले डिएसपी मल्लको सञ्चार क्षेत्रप्रतिको संवेदनहिनता प्रष्ट भएको स्टेशन म्यानेजर कपील न्यौपानेद्वारा हस्ताक्षेरित विज्ञप्तिमा उल्लेख छ । उनले पत्रकार परियारमाथि दुव्र्यवहार गर्ने मल्लले सार्वजनिकरुपमा माफी माग्नुपर्ने माग गरेका छन् ।
यस्तै क्रियाशील पत्रकार समूह, कोहलपुरले समेत पत्रकार परियारमाथि कोहलपुर प्रहरीले गरेको दुव्र्यवहारको भत्र्सना गरेको छ । समूहका सचिव रवी रोकायका अनुसार रिपोर्टिङ गरिरहेका पत्रकारमाथि प्रहरी प्रमुखबाटै दुव्र्यवहार हुनु गम्भीर कुरा हो ।
प्रहरीले पत्रकार परियारलाई नियन्त्रणमा लिएपछि कोहलपुरस्थित सम्पूर्ण सञ्चार माध्यमका पत्रकार, सञ्चारकर्मी तथा पत्रकार सम्बद्ध संघ संगठनका नेताहरु, पीडित र पीडक मल्लबीच कार्यालयमा वार्ता भएको थियो । उक्त वार्तामा मल्लले आगामी दिनमा पत्रकारमाथि कुनै पनि दुव्र्यवहार गर्ने भन्दै माफी मागेका थिए ।









प्रतिक्रिया दिनुहोस्