एमाले-कांग्रेस गठबन्धनलाई हराउँदै प्युठानको कुमाख ७ मा माओवादी विजयी



सल्यान ।

सल्यानको कुमाख गाउँपालिका वडा नम्बर ७ मा माओवादी केन्द्रले जितेको छ। उक्त वडामा कांग्रेस–एमालेको गठबन्धन थियो ।

अन्तिम मतपरिणाम अनुसार, माओवादी केन्द्रले वडा नं। ७ मा पूरै प्यानलसहित विजय हासिल गरेको हो। माओवादीबाट डम्बर शाही वडाध्यक्षका उम्मेदवार थिए।

यसअघि त्यही गाउँपालिकाको वडा नं। १ मा डिल्ली रानाले ६०८ मतसहित विजय हासिल गरेका थिए।

कुमाख गाउँपालिकामा एमाले र कांग्रेसको गठबन्धन बनेको थियो।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख ३१ गते शनिबार