17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, चैत्र २२, २०७८  

सल्यान ।

सल्यानमा आज बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शारदा नगरपालिका–१ दारिमचौरबाट श्रीनगर तर्फ आउँदै गरेको भे १ ज ३३६ नम्बरको जीप आज बिहान ६ बजेतिर दुर्घटना हुँदा सहचालक १८ वर्षीय नारायण वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

गाडी शारदा नगरपालिका वडा नं १ को दारिमचौरस्थित कच्ची सडकबाट करिब १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरिक्षक अर्जुन पौडेलले बताए ।

दुर्घटनामा गाडी चालक २१ वर्षीय थलराज वली सामान्य घाइते भएका छन् ।

प्रकाशित मितिः मङ्लबार, चैत्र २२, २०७८     10:28:00 AM  |