नेपालगन्ज,२७ वैशाख/ जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चालू आर्थिक वर्षको नौ महिनामा झण्डै ७१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
गत साउनदेखि चैत महिनासम्म ट्राफिक प्रहरीले ७१ लाख ३ हजार ५०० राजस्व संकलन गरेको हो । ट्राफिक प्रहरीले सबैभन्दा कम साउन महिनामा २ लाख ५० हजार रुपैयाँ संकलन गरेको छ भने सबैभन्दा बढी चैत महिनामा १० लाख ९१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
ट्राफिक प्रहरी कार्यालयका अनुसार भदौंमा ८ लाख ६२ हजार ५००, असोजमा ८ लाख, कात्तिकमा ८ लाख २२ हजार ५००, मंसिरमा ५ लाख ४२ हजार, पुसमा ८ लाख ३४ हजार ५००, माघमा ९ लाख १९ हजार र फागुनमा ९ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
त्यस्तै सो अवधीमा ट्राफिक प्रहरीले १२ हजार ७०० सवारी साधनलाई कारबाही गरेको छ । ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७१÷०७२ मा १३ हजार ९९६ सवारी साधनलाई कारबाही गरेको छ भने २९ लाख ४० हजार राजस्व संकलन गरेको छ ।
त्यस्तै २०७२÷०७३ मा १२ हजार ४३६ सवारी साधनलाई कारवाही र ३६ लाख ३३ हजार ५० राजस्व संकलन गरेको छ । २०७३÷०७४ मा ११ हजार ७३१ सवारी साधनलाई कारवाही गरेर ६३ लाख ५३ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको छ ।








प्रतिक्रिया दिनुहोस्