मोडल गुनगुन उपाध्यायले राजस्थानको जोधपुरस्थित रतनदा होटलको छैटौं तलाबाट हाम फालेकी छन्। आत्महत्या गर्नुअघि उनले बुवालाई फोन गरेर यसबारे जानकारी गराएकी थिइन्। तर, उनी तल झर्नासाथ अस्पताल भर्ना गरिएको छ, अहिले उनको अवस्था स्थिर रहेको बताइएको छ।
धेरै उचाइबाट खसेका कारण गुनगुनको करङ र खुट्टा भाँचिएको चिकित्सकले बताएका छन्। तर, उनको अवस्था खतरामुक्त छ।
गुनगुन शनिबार उदयपुरबाट जोधपुर आएको प्रहरीले जनाएको छ।
उनी यहाँ रतनदाको होटलमा बसिन्। आइतबार उनले बुवालाई फोन गरेर भनिन्, ‘पापा, म आत्महत्या गर्दै छु, बस मेरो अनुहार हेर्नुस्।’ त्यसपछि बुबा गणेश उपाध्यायले प्रहरीलाई खबर गरे।
एसपी देरावर सिंहले फोन नम्बरका आधारमा गुनगुनको लोकेसन ट्रेस गरी घटनास्थल पुगे। तर, त्यतिन्जेल गुनगुनले छैटौं तलाबाट हाम फालिसकेकी थिइन्।
मोडललाई मथुरादास माथुर अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ। गुनगुनको धेरै रगत बगेकाले अहिले उनी बोल्न सक्ने अवस्थामा नभएको चिकित्सकले बताएका छन्। होस आएपछि सोधपुछ गरिनेछ। आत्महत्या प्रयास गर्नुको कारण खुल्न सकेको छैन।
गुनगुनका बुबा गणेश उपाध्याय जोधपुरकै बजार व्यापारी रहेको प्रहरीले जनाएको छ। उनीसँग गुनगुनबारे प्रहरीले सोधपुछ गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्