परपुरुषसँग सम्बन्ध भएको भन्दै श्रीमतीको हत्या



सुर्खेत ।

परपुरुषसँग सम्बन्ध राखेको भन्दै सुर्खेतमा एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । गुर्भाकोट नगरपालिका–१३ का ७१ वर्षका भीमबहादुर परियारले ६९ वर्षीया श्रीमती गौमायाको हत्या गरेका हुन् ।

दाउराको चिर्पट र मसला पिस्ने लोरोले हिर्काएर गौमायाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घटनास्थलबाट चिर्पट र लोरो रगत लागेको अवस्थामा बरामद भएको सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले जानकारी दिए ।

भीमबहादुरले श्रीमतीलाई परपुरुषसँग सम्बन्ध राखेको भेटाएपछि त्यही झोकमा उनको हत्या गरेको बताएको उनले बताए ।

‘रीसको झोकमा हत्या गरेको हुनसक्छ,’ एसपी विष्टले भने, ‘अहिले परपुरुषसँगको सम्बन्ध कारण देखाएर हत्या गरेको भीमबहादुरले बताएका छन् । प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ ।’

घटनास्थलमा ईलाका प्रहरी कार्यालय छिन्चुको टोली पुगेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस ८ गते बिहीबार