सौन्दर्यकर्मी कर्णालीको अध्यक्षमा शाक्य



सुर्खेत ।

‘सौन्दर्यकर्मी श्रमिकको सरोकार, सामाजिक सुरक्षा हाम्रो अधिकार’ भन्ने नाराका साथ राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको कर्णाली प्रदेश अधिवेशन सम्पन्न भएको छ । वीरेन्द्रनगरमा सम्पन्न प्रदेश अधिवेशनले प्रमी शाक्यको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन गरेको
हो ।

समितिको उपाध्यक्षमा कमला बस्याल, सचिव जानुका तारुङ, सहसचिव मौसमी मल्ल, आर्थिक सचिव दुर्गा पिएस, सदस्यहरु गंगा बस्याल, रेखा केसी, मधुगिता शाक्य, सुष्मा मल्ल, निरु नेपाली, हेमाकुमारी ज्ञवाली, आष्मा थापा, मिरा दर्लामी, यशोदा खत्री, दीपा राणा र देवी थापा रहेका छन् ।

अधिवेशनमा प्रमुख अतिथि राष्ट्रिय स्वास्थ्यकर्मी युनियन नेपालका केन्द्रीय महासचिव पवि गुरुङ तथा अतिथिका रुपमा युनियनका आर्थिक सचिव माया गुरुङ र केन्द्रीय सदस्य राधा श्रेष्ठ आचार्यले सम्बोधन गरेका थिए । त्यस्तै पहिलो बैठकले प्रमी शाक्य अध्यक्ष, कमला बस्याल उपाध्यक्ष, सचिव जानुका तारुङ, सहसचिव मौसमी मल्ल र कोषाध्यक्ष दुर्गा पिएस रहेको सचिवालय गठन गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर १७ गते शुक्रबार