सल्यान बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ। प्रहरी नायव उपरीक्षक गोविन्द थापाले १२ जनाको मृत्यु भएको र १८ जना घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी भइरहेको जानकारी दिए।
सल्यान खलंगादेखि दाङको तुलसीपुर जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस आइतबार बिहान कपुरकोट गाउँपालिका ५ थारखोलामा दुर्घटना भएको थियो। दुर्घटनामा ५ जनाको घटनास्थलमै र ७ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मुत्यु भएको प्रहरीले जनाएको छ।
बसमा ३० जना सवार रहेका थिए। बस सडकदेखि २०० मिटर तल खोलामा खसेको थियो। तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०७८ कात्तिक २१ गते आइतबार
प्रतिक्रिया दिनुहोस्