18 July 2024  |   शुक्रबार, साउन ४, २०८१

मध्यरातमा तरकारी बोकेको जीप दुर्घटना हुँदा एकको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, कार्तिक १८, २०७८  

सुर्खेत ।

तरकारी बोकेको जीप दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ ।

दाङबाट सुर्खेततर्फ आइरहेको रा १ च १३१० नम्बरको जीप रत्न राजमार्गको झुप्रा नजिकै आज विहान दुर्घटना भएको हो । दुर्घटनामा घोराही नगरपालिका–१३ अन्दाजी २८ वर्षीय चालक राजु विकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते विकलाई उद्दार गरी कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको र उपचारको क्रममा मृत्यु भएको सुर्खेतका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

उनकाअनुसार लिवाङ्ग नगरपालिका–३ रोल्पाका १६ वर्षीय लोकेन्द्र सुनार घाइते छन् । उनको अवस्था सामान्य छ । जीप सडकबाट अन्दाजी एकसय पचास मिटर तल झुप्रा खोलामा खसेको छ ।

प्रकाशित मितिः बिहिबार, कार्तिक १८, २०७८     2:51:18 PM  |