बाँकेको राप्ती नदीको भंगालोमा फसेका ४ जनालाई सशस्त्र प्रहरीको विपद व्यवस्थापन टोलीले उद्दार गरेको छ।
डुडुवा गाउँपालिका ४ का ३० बर्षीय प्रमोद लोनिया, ६५ बर्षीय महोमद नजिर, ५७ बर्षीय सौखद नाउ र ५५ बर्षीय साक्बिर खाँलाई १३ घण्टापछि सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट गएको सशस्त्र प्रहरी निरीक्षक धन बहादुर बोहराको विपद व्यवस्थापन टोलीले सकुशल उद्दार गरेको हो ।
\डुडुवा गाउँपालिका ५ मा पर्ने खजुरा खोला तरेर सोमबार बिहान ११ बजे जंगली करेली खोज्न गएका ती ४ जना साँझ फर्किने क्रममा बर्षाका कारण राप्ती नदी बढेका कारण खजुरा खोला र राप्तीको भंगालोमा फसेका थिए ।
४ जना स्थानीयहरु नदीको भंगालोमा फसेको सशस्त्र प्रहरीले राती ७ बजे जानकारी पाउनासाथ सशस्त्र प्रहरी निरीक्षक बोहरासहित विपद व्यवस्थापनको ११ जना टोलीले त्यसतर्फ गएको थियो ।
राप्ती नदी बढेका भेल ठूलो भएका कारण रातभरको उद्दार पश्चात् ती ४ जना स्थानीयहरुको मंगलवार बिहान ८ बजे मात्र उद्दार सफल भएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्