
नेपाल चिकित्स संघका केन्द्रिय सदस्य मानसिक रोग विशेषज्ञ डा. रितेश थापा
१. नेपालमा मानसिक रोगको समस्या अवस्था कस्तो छ ?
नेपालमा राज्यको कमजोर स्वास्थ्य सेवा, जनशक्तिको पूर्वतयारी नहुनु, महामारीको त्रास, नागरिकलाई सामाजिक सुरक्षाको ग्यारेन्टी गर्न नसक्नुले मानसिक समस्याले गर्दा विकराल बन्दै गएकोे छ । करिब १० वर्ष पहिले मानसिक रोगका विरामीहरु थिए तर यति धेरै थिएनन् तर अहिले महामारीका कारणले गर्दा बढेको हो भन्ने आकलन गर्ने सकिन्छ । कोरोनाबाट मृत्यु हुनेको संख्या बृद्धि भयो । अक्सिजन, बेड सहज रुपमा पाइएन, आफ्न्तहरुलाई बचाउन नसकेको कारणले गर्दा आत्माहत्या सम्म पु¥र्यो । अहिले नेपालमा १८ हजारभन्दा बढिले मानसिक रोगका कारणले गर्दा आत्माहत्या गर्ने पुगेका छन् ।
३. केन्द्र, प्रदेश र स्थानीय तहले मानसिक रोगको समस्याको बारेमा कतिको चासो दिएको पाउनुभएको छ ?
नेपालमा दुई वर्षदेखि चासो देखाएको छ । विगतका वर्षहरुमा नेपाल सरकारले चासो देखाएको थिएन । केन्द्रदेखि स्थानीय तहसम्म कार्यान्वनको पक्षमा केही कमी भएको देखिन्छ । सरकारी अस्पतालमा दुई वर्षदेखि कोटा नै खोलेको छैन खोले पनि १÷२ जना मात्र खोलेको हुन्छ । नेपालमा १ सय ७० जना मानसिक रोग विषशज्ञ डाक्टरहरु ३ करोड नागरिकलाई उपचारको लागि खटिरहेका छौं । तर पहिलेको भन्दा केही सुधारउन्मुख भएको छ ।
४. यसको रोकथाम तथा न्यूनिकरणका लागि के गर्नुपर्दछ ?
मानसिक रोगको समस्यालाई रोकथाम तथा न्यूनिकरण गर्नका लागि जनचेतनाको स्तर बढाउनुपर्ने हुन्छ । यो समस्या समाधानका लागि सरकारले विशेष कार्यक्रम नल्याए परिस्थिति झन् जटिल बन्न सक्छ । नेपाल प्रहरीको मात्र एकल प्रयासले आत्महत्याको दर घटाउन सक्दैन । सबै जनसरोकारवालाहरुको सामुहिक प्रयासले मात्र यसको आवश्यकतामा जोड दिनुपर्दछ । हाम्रो समुदायमा मनोपरामर्शमा जाँदा आफ्नो प्रतिष्ठामा कमी आउने हो की भन्दै मानसिक समस्याले निकै ठुलो रुप लिन सक्छ । त्यसकारणले परिवारमा कोही सदस्यले एकोहोरिने जस्ता असामान्य व्यवहार देखाए परिवार अन्य सदस्यले तत्काल मनोपरामर्श तथा उपचारमा ध्यान दिनुपर्दछ । हाम्रो खानपान, सोच, विचार, सकारात्मक भावनाको विकास गर्ने, तनाव व्यवस्थापन गर्ने, व्याम गर्ने हो भने मानसिक रोग लाग्दैन् । प्रस्तुति : डिल्ली शाही









प्रतिक्रिया दिनुहोस्