15 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार १, २०७८  

नेपालगन्ज ।

बाँकेमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । दुबै जनाको भेरी अस्पतालमा मृत्यु भएको हो ।

कोहलपुर ३ बाँकेका ४८ वर्षीय पुरुष र गेरुवा ६ बर्दियाका ४८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताउनुभयो ।

यो संगै कोरोनाबाट हालसम्म बाँकेका ३०९ जना र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ३९ जनाको मृत्यु भएको छ ।

 

प्रकाशित मितिः मङ्लबार, असार १, २०७८     1:32:21 PM  |