शिक्षक हत्या आरोपमा एक महिला पक्राउ



सुर्खेत ।

दैलेखमा हत्या गरिएका शिक्षकको हत्या आरोपमा एक महिला पक्राउ परेकी छिन् ।

गुराँस गाउँपालिका वडा नम्बर ८ मालिका मावि लालीकाँडाका ४२ वर्षीय शिक्षक नगेन्द्रबहादुर बीसीको धारिलो हतियारले घाँटी रेटीको अवस्थामा शव फेला परेको थियो । बीसीको हत्या आरोपमा प्रहरीले एक स्थानीय महिलालाई पक्राउ गरेर बुधबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा स्थानीय २५ वर्षीया मुना राना रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । घटनास्थलमा भेटिएको चप्पलको आधारमा स्थानीय महिला रानालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार रानाले व्यक्तिगत रिसिइबीका कारण २८ गते राति साढे १ बजेतिर धारिलो हतियारले घाँटी रेटी शिक्षकको हत्या गरेको स्वीकार गरेकी छन् ।

मंगलबार विहानै विद्यालय नजिकै घर भएका शिक्षक बीसीको शव विद्यालय भवनको बरन्डामा भेटिएको थियो । दुई छोरा अध्ययनका लागि कोहलपुरमा रहेका र श्रीमती काम विशेषले सदरमुकाम गएकाले हत्या भएको दिन बीसी घरमा एक्लै रहेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ ३१ गते बिहीबार