कोहलपुर ।
नेपालमा पछिल्लो २४ घण्टामा मंगलबार थप ३ हजार ३८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ६३८ नमुनाको पीसीआर परीक्षणमा २ हजार ४४८ र ६ हजार ८० एन्टिजेन परीक्षण गर्दा ९३५ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ७ लाख ६५ हजार ८१५ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप २४ जनाको उपचारकै क्रममा मृत्यु भएको थियो । हालसम्म ९ हजार ९२२ जनाको मृत्यु भइसकेको छ । मंगलबार देशभर कोरोना जितेर थप १ हजार ९९४ जना निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म ६ लाख ६० हजार ११६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
मंगलबारसम्म देशभर रहेका सक्रिय संक्रमितमध्ये २९ हजार २२ जना होम आइसोलेसनमा रहेका थिए । यस्तै ३ हजार ३७ जना संस्थागत आइसोलेसनमा रहेकोमा ६८६ जनाको आईसीयू र १६२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितमध्ये ९०४ जना काठमाडौं उपत्यकाका रहेका छन् ।
जसमा काठमाडौंका ६१३, ललितपुरका १७७ र भक्तपुरका ११४ जनामा संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका अनुसार झापामा २२६, चितवनमा १६४, मोरङमा १३७, मकवानपुरमा १२५, सुनसरीमा १२१ र कास्कीमा १०३ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै नवलपरासी पूर्वमा ७९, रुपन्देहीमा ६१, बागलुङमा ५४, काभ्रेमा ५३, दोलखामा ३४, धादिङ र दाङमा २४÷२४, नुवाकोटमा २३ र पाल्पामा २२ जना संक्रमित थपिएका हुन् । मंगलबारको पछिल्लो संक्रमण दर १९.३ रहेको छ । पछिल्ला संक्रमितमध्ये सबैभन्दा बढी २१ देखि ४० वर्षका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्