लुम्बिनीको राजधानी देउखुरीमा अर्को मन्त्रालय ल्याउँने तयारी



शिवु खनाल । दाङ ।

दाङका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले राप्ती गाउँपालिकामा रहेको राप्ती प्राविधिक शिक्षालयमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय तुरुन्तै ब्यवस्थापन गर्नुपर्ने भएको भन्दै भौतिक पुर्वाधारको अवस्थाबारे निरीक्षण गरेका छन् । मंगलबार उनले स्थलगत निरीक्षण गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेशको मुकाम बुटवलबाट लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा छिट्टै सार्नुपर्ने निर्देशन भएकोले भौतिक पुर्वाधारको अवस्थाबारे निरीक्षण गर्न आएको बताए । राप्ती प्राविधिक शिक्षालय भित्र ग्रामिण तथा शहरी विकास मन्त्राणलय आइसकेको छ ।

‘अब अन्य मन्त्रालयहरु क्रमबद्ध रुपमा ल्याउने तयारी भइरहेको छ’ दाङका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले भने, ‘राप्ती प्राविधिक शिक्षालयले अलिकति असहज मानेको जस्तो देखिन्छ । उहाँहरुलाई सहजिकरण गर्ने तयारी भइरहेको छ । यो महिनाभित्र थप अन्य मन्त्रालयहरु बुटवलबाट लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा ल्याउने तयारी भइरहेको छ ।’ लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोख्रेलले यो वर्षभित्र सबै मन्त्रालयहरु बुटवलबाट राप्ती प्राविधिक शिक्षालयमा ल्याइसक्नुपर्ने निर्देशन दिएका थिए ।

मुख्यमन्त्री पोख्रेलको निर्देशन अनुसार भौतिक पुर्वाधारको अवस्थाबारे निरीक्षण गर्दै अस्थायी राजधानी बुटवलबाट लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा छिट्टै सार्ने तयारी भइरहेको हो । प्रदेश सरकारअन्तर्गत ग्रामीण तथा शहरी विकास मन्त्रालयले स्थायी राजधानी देउखुरी उपत्यकाबाट औपचारिकरूपमा कामकाज शुरु गरेको छ । यस्तै दाङका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले देउखुरीका विभिन्न स्थानमा पुगेर अनुगमन गरेका छन् । देउखुरीको लमही अस्पताल, राप्ती नदिको महदेवा–सिसहनीयाँ जोड्ने पक्की पुलमा पुगेर स्थलगत निरिक्षण एवम् अनुगमन गरेका थिए । जिल्लामा कोभिड विरुद्धको भेरोसिल खोप चलिरहेको छ । कतिपय क्षेत्रमा सबैलाई खोप उपलब्ध हुनु पर्छ भनेर गुनासो आइरहेको छ । नेपाल सरकारले तोकेको मापदण्ड अनुसार खोप लगाइ दिन र लगाउन सबैमा प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले बताए । त्यस्तै केही दिन अघि खहरे खोलामा आएको बाढीले महदेवा–सिसहनीयाँ जोड्ने राप्ती नदिको पक्की पुलको एप्रोचमा क्षति पुगेको थियो ।

प्रकाशित मिति : २०७८ साउन ६ गते बुधबार