काठमाडौँ :
विश्वभर कोरोना भाइरस कोभिड १९ का कारण ३७ लाख २९ हजार १ सय ८१ जनाको मृत्यु भएको छ । हाल विश्वभर कोरोनाको कारण १७ करोड ३३ लाख ८० हजार मानिस सङ्क्रमित भएका छन् ।
सङ्क्रमित भएका मध्ये १५ करोड ६१ लख ५३ हजार मानिस उपचार पछि निको भएका छन् । हाल सम्म विश्वभर कोरोनाका कारण अति प्रभावित अमेरिकामा ६ लाख १२ हजार मानिसको मृत्यु भएको छ भने अमेरिकामा ३ करोड ४१ लख ९२ हजार मानिस सङ्क्रमित भएका छन् ।
ब्राजिलमा कोरोनाका कारण ४ लाख ७० हजार मानिसको मृत्यु भएको छ भने १ करोड ६८ लाख सङ्क्रमित भएका छन् । भारतमा कोरोनाका कारण ३ लाख ४४ हजारको मृत्यु हुँदा २ करोड ८६ लाख ९४ हजार मानिस सङ्क्रमित भएका छन् ।
प्रकाशित मिति : २०७८ जेठ २२ गते शनिबार
प्रतिक्रिया दिनुहोस्