5 December 2021  |   आइतवार, मंसिर १९, २०७८

स्वास्थ्यकर्मीमाथि सेनिटाइजर छर्केर आगो लगाउने प्रयास

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ २१, २०७८  

सुर्खेत ।

पछिल्लो समय स्वास्थयकर्मीमाथि हातपातका घटना बढिरहेको बेला एक शिक्षकले नै स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गरेका छन् । उनले स्वास्थयकर्मीको टाउकोमा सेनिटाइजर छर्केर आगो लगाउने प्रयास गरेका हुन् । यो घटना हुम्लाकाे हो ।

कोरोना संक्रमित आफ्नी श्रीमतीको उपचार गर्न नआएको भन्दै हुम्ला चंलेखी गाउँपालिकाका अमृत रोकायाले स्वास्थ्यकर्मी कालीबहादुर बुढालाई हातपात गरेका हुन्। हातपात गर्ने रोकाया पेशाले शिक्षक हुन् भने बुढा चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक हुन्।

स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहका अनुसार कोरोना संक्रमित आफ्नी श्रीमतीको उपचारमा लाप्रवाही गरेको भन्दै स्वास्थ्यकर्मीमाथि शिक्षकले हातपात गरेका थिए ।

‘श्रीमतीको उपचारमा ख्याल नगरेको भन्दै शिक्षिकले दुर्व्यवहार गर्नुभयो,’ सिंहले भने, ‘सेनिटाइचर टाउकोमा खन्याएर आगो लगाउने पर्यास गरिएको थियो। स्थानीयहरू आएर बचाएछन्।’

बिहान ८:१० बजे आफ्नो कोठामै आएर आक्रमण गरेको स्वास्थ्यकर्मी बुढाले नेपाल समयलाई बताए। शिक्षक रोकायालेले कम्प्युटरमा समेत तोडफोड गरेका छन्। श्रीमतीको उपचारको लागि हेलिकोप्टरको व्यवस्था नगरेको भन्दै आक्रोसित भएर आक्रमण गरेको बताइएको छ।

कोरोना संक्रमितको अवस्था भने सामान्य छ। गाउँपालिका अध्यक्ष धनलाल चौलागाईंले अहिले घटनाबारे छलफल जारी रहेको बताएका छन्।

www.nepaliraibar.com

प्रकाशित मितिः शुक्रबार, जेष्ठ २१, २०७८     3:06:44 PM  |