केही दिन भित्रै संसदीय बैठक शुरु : मुख्यमन्त्री राई



विराटनगर, जेठ (रासस) प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरूसँग आज छलफल गर्नु भएको छ । आगामी बजेट अधिवेशन र कोभिड महामारीका विषयमा मुख्यमन्त्री राईले प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक पार्र्टीका संसदीय दलका नेताहरूसँग परामर्श गर्नु भएको हो ।

छलफलमा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र राष्ट्रिय जनता पार्र्टी संसदीय दलका नेता जयराम यादवसँग छलफल गर्नुभएको मुख्यमन्त्री राइको प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो । छलफलका क्रममाा मुख्यमन्त्री राईले सरकारले केही दिन भित्रै संसद बैठक बोलाउन लागेको जानकारी दिनुभयो ।

बढ्दो रूपमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण, खोप र उपचारको विषयमा समेत सो अवसरमा छलफल भएको थियो । सरकारले संसदबाटै बजेट प्रस्तुत गर्ने र अनावश्यक शङ्का नर्गनसमेत उहाँले विपक्षी दलका नेताहरूलाई आग्रह गर्नुभएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १९ गते बुधबार