काठमाण्डाैं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन्।
आजको बैठकमा वीर अस्पताललाई स्वास्थ्य मन्त्रालय मातहत ल्याएर कोरोनासँग जुध्नका लागि मुख्य अस्पतालका रूपमा प्रयोग गर्ने निर्णय गरिने उच्च सरकारी स्रोतले सेतोपाटीलाई जानकारी दियो।
कोभिडको फैलदो संक्रमणसँग जुध्नका लागि सरकारले वीर अस्पताललाई स्वास्थ्य मन्त्रालय अन्तर्गत ल्याएर सञ्चालन गर्न लागेको हो।
स्वास्थ्य मन्त्रालय अन्तर्गत आएपछि वीर अस्पतालको नयाँ भवनमा कोभिडका बिरामीको मात्र उपचार गरिनेछ।
school
आवश्यकता अनुसार वीर अस्पतालमा रहेका ८ सयमध्ये ७०० बेडलाई क्रमशः कोभिड उपचारका लागि प्रयोग गरिने सरकारी तयारी छ।
नयाँ भवनमै कोभिडको ‘वाररूम’ निर्माण हुने र त्यो वाररूमबाट नै कोभिडविरूद्ध लड्न दैनिक संयोजनका काम हुने स्रोतले जानकारी दियो।
‘वाररूमबाट देशभरी कोभिडविरूद्ध लड्न आवश्यक छलफल, स्वास्थ्यकर्मी, बेड तथा अन्य स्वास्थ्य समाग्रीबारे संयोजन गरिनेछ’, ती उच्च सरकारी अधिकारीले सेतोपाटीसँग भने।
स्वास्थ्य मन्त्रालयले यो सम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पेश गरिसकेको र आजै सो परस्तावबारे मन्त्रिपरिषदले निर्णय गर्ने तयारी गरेको छ।
ncell in
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सम्बोधन गर्ने क्रममासमेत वीर अस्पतालको नयाँ भवनलाई कोभिड अस्पताल बनाउने बताएका थिए।









प्रतिक्रिया दिनुहोस्