16 September 2024  |   मङ्लबार, अशोज १, २०८१

साझा प्यानलले नै समस्या समाधान गर्नसक्छ : गंगाराम भण्डारी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन २१, २०७७  

कोहलपुर उद्योग वाणिज्य संघको भोली २२ गते चुनाव हुँदैछ । के कस्ता चुनावी एजेण्डाहरु लिएर मतदाता कहाँ पुग्नुभएको छ र यहाँले चुनाव जितेपछि के गर्ने योजना बनाउनुभएको भन्ने लगायतका विषयमा साझा प्यानलको तर्फबाट सदस्य पदका उम्मेदवार गंगाराम भण्डारीसंग मिसन टुडे दैनिकका समचारदाता डिल्ली शाहीले गरेको विशेष कुराकानी :-

१. निर्वाचनको लागि के कस्तो तयारी भैरहेको छ?

कोहलपुर उद्योग वाणिज्य संघको आगामी २२ गते हुन लागि रहेको निर्वाचनको लागि तिव्र रुपमा तयारी भइरहेको छ । अहिले सबैको घरदैलोमा पुगिरहेका छौं । बिहान देखि साझासम्म व्यवसायीका घरघरमा पुगेका छौं । अहिलेको अवस्थामा निर्वाचनको तयारी चरमचुलीमा पुगिसकेको भन्न सकिन्छ । हाम्रो तर्फबाट गर्नुपर्ने तयारी समेत भइसकेको छ । आजसम्म अन्तिम दिन हो । निर्वाचनको प्रचारको अन्तिम दिन आज घरदैलो र भेटघाट कार्यक्रम नै हुनेछ ।

२. उवासंघको सदस्य पदमा तपाईको उम्मेदवारी किन ?

मेरो उम्मेदवारी भनेको व्यवसायीको हक हित र संरक्षणका लागि उम्मेदवारी दिएको हु । म विशुद्ध व्यवयाय हुँ । व्यवसायीहरुको साझा संस्था भनेको उवासंघ नै हो । यो कुनै राजनितिक संस्था होइन । यो संस्थाले बिल्कुलै उद्योगी, व्यवसायी र अन्य मझौला र साना व्यवसायहरुका समस्याहरुलाई पुरा गर्नका लागि मेरो उम्मेदवारी दिएको छु । मैले यो व्यवसायका समस्याहरु के कस्ता छन् भनी मलाई थाहा छ । जब व्यवसायीको संरक्षण नभएको जस्तो लाग्यो त्यसपछि संरक्षणको लागि मैले उम्मेदवारी दिनुपर्दछ भन्ने लाग्यो त्यसैले मैले उम्मेदवारी दिएको
हु ।

५. आफ्नै प्यानलको जित्ने आधारहरु के के छन् ?

हाम्रो प्यानलले जित्ने धेरै आधारहरु रहेका छन् । हाम्रो प्यानलको नेतृत्व विगत २३ वर्षदेखि व्यसाय गर्दै आउनुभएका विष्णु खनालको प्यानलमा छौं । उहाँले कोहलपुरमा भएका व्यवसायका मुख्य चूनौति, अवसर र अब के गर्ने भन्ने पूर्ण रुपमा थाहा पाउनुभएको छ । उहाँले महामारीको बेलामा निकै सक्रियता थियो । विगतदेखि नै व्यवसायीहरुको संरक्षण र एकिकृत हुने कुरामा जोड दिँदै आउनुभएको थियो । उहाँले यति मात्र होइन ३५ वटा मुख्य ठुला योजना बनाएर जानुभएको छ । त्यसको समर्थन हामीले गरेका छौं जुन व्यवसायीहरुको पक्षमा छन् त्यसकारणले हामीले अहिलेको चुनाव जित्छौं ।

६. अत्याधिक बहुमतले विजय गराउन मतदाताहरुलाई के भन्न चाहानुन्छ ?

कृपाया एकपटक साझा प्यानललाई र मलाई जिताइदिनुहोला । तपाईहरुलाई सकेसम्म कहिल्यै पनि समस्या नपर्ने गरेर हामी काम गर्नेछौ । यदि समस्या परिहालेमा कहिल्यै पनि पछि हट्ने छैनौ । काम गर्नेछौ भन्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन २१, २०७७     3:27:10 PM  |