20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

उद्योग वाणिज्य संघलाई महिला मैत्री बनाउन भूमिका खेल्नेछु : सिता कार्की

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन २१, २०७७  

बाँकेको कोहलपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागि भोली शनिवार निर्वाचन हुँदैछ । संघको नयाँ नेतृत्वको लागि व्यवसायीका दुई प्यानलहरु चुनावी मैदानमा उत्रिएका छन् । लक्ष्मणराज पौडेल नेतृत्वको लोकतान्त्रिक समावेशी व्यवसायी समूहबाट कोषाध्यक्ष पदमा होटल व्यवसायी सिता कार्कीले उम्मेदवारी दिएका छन् । कोहलपुरमा उद्योग क्षेत्रमा लागिरहेका मिसन टुडे राष्ट्रिय दैनिकसंग गरेको संक्षित कुराकानी ।

१.आसन्न निर्वाचनको तयारीका विषयमा जानकारी गराइदिनुन ?

निर्वाचनको पूर्वसन्ध्यामा हामी छौ । यसको राम्रो तयारी भइरहेको छ । निरन्तर घरदैलो अभियान हामीले गरिरहेको अवस्था छ । दुवै पक्षले आ आफ्नो ढंगबाट हामीले चुनावी अभियानलाई तिव्रता दिइरहेको छ ।हामीले आफ्नो तर्फबाट व्यापारीहरुलाई कुराकानी गरिरहेका छौ । हामी काम गर्नको लागि त्यहाँ जादैछौ ।

२.तपाईको उम्मेदवारी कोषाध्यक्षमा नै किन ?

म एक महिला हो । कोहलपुर क्षेत्रमा लामो समयदेखि दुःख गरेर व्यवसाय गर्दै आएको छु । यहाँको आर्थिक पाटोलाई सवल र सक्षम बनाउन मेरो उम्मेदवारी हो । अर्को कुरा लोकतान्त्रिक प्यानलको तर्फबाट म अहिले सम्म कै पहिलो महिला कोषाध्यक्षको रुपमा चुनावमा होमिएको छु । सम्पूर्णलाई आफ्नी छोरी चेली सम्झिएर चुनावमा भोट गरिदिन समेत मेरो आग्रह छ । कोहलपुर उद्योग वाणिज्य संघको आर्थिक पाटोलाई सवल, पारदर्शी र सक्षम बनाउन सक्ने क्षमता म सँग छ भनेरै मैले कोषाध्यक्ष पद रोजेको हो । यो पद मेरो रोजाइ समेत हो ।

३.कोषाध्यक्ष पदमा पुरुष प्रतिष्पर्धीसँग चुनावी मैदानमा हुनुहुन्छ, कत्तिको विस्वस्त हुनुहुन्छ, जित्नेमा ?

हो मेरो प्रतिपष्र्धीका रुपमा साझा प्यानलबाट पुरुष हुनुुहुन्छ । मलाई मतदाताहरुको सद्भाव छ । उहाँहरुले मलाई निकै हौस्याउनु भएको छ । उहाँहरुको सेवाको लागि म कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिएको छु । उहाँहरुले आर्थिक क्रियाकलाप सञ्चालनमा महिला हरु भएपछि हिसाबकिताब क्लियर हुन्छ भन्नु भएको छ । त्यसैले उहाँहरुको प्रेरणा र हौसला म मा छ । उहाँहरुले तपाई जस्तो खरो, अनुभवी, पारदर्शी भएको मान्छे यस्ता क्षेत्रमा आउनु पर्छ भन्नु भएको छ । यो पार्टीको लडाइँ होइन । यो विशुद्ध व्यवसायीहरुको लडाइँ हो । हामी व्यवसायिक हक र हितका लागि चुनावी मैदानमा छौ । त्यसैले हामी स्वतन्त्र स्वतस्र्फुत रुपमा निर्वाचनमा जानु पर्छ भन्ने मान्यता राख्दछु । म ढुक्क छु । व्यापारीहरुले मलाई भोट दिएर जिताउनुहुन्छ भन्नेमा ।

४. कोहलपुर क्षेत्रका महिलाहरुलाई एकजुट बनाउन तपाईको योजना के छ ?

हामी महिलालाई नेतृत् वगर्न निर्णयक तहमा पुग्न गाह्रो हुन्छ । कोहलपुर जस्तो क्षेत्रमा व्यासाय गरेर, दुःख गरेर यहाँ सम्म पुगेका छौ । व्यक्तिगत रुपमा भन्नु पर्दा मैले यस क्षेत्रमा आएर धेरै कुरा जान्ने र बुझ्ने भएर नेतृत्व तह सम्म पुग्ने अवस्था बनेको छ । हाम्रो क्षमता अझै बढ्नको लागि अवसरको खाँचो छ । त्यो अवसरमा हजुरहरुले पु¥याउनु हुनेछ भन्ने मेरो पूर्ण आशा पनि रहेको छ । २५ वर्षको उद्योग वाणिज्य संघको यात्रामा अहिले सम्म महिलाहरु निर्णयक तहमा पुगेको रेकर्ड छैन । अहिले पदाधिकारीमा उम्मेदवारी दिएका महिलाहरु हामी नै हौ र त्यसैले हामीलाई अवसरको खाँचो रहेको छ । त्यहाँ पुगेर हामीले काम गर्ने यस क्षेत्रका महिलाहरुको हितका लागि नै हो । यहाँका महिलाहरुलाई व्यवसायिक बनाउने मेरो योजना रहेको छ । महिला पनि योग्य भइसके भन्ने उदाहरण पनि हो । त्यो संघमा गएर हामी पुष्टि गर्न चाहन्छौ । हामी आतुर पनि छौ ।

५. महिला पनि उद्योग वाणिज्य संघको नेतृत्व गर्न सक्षम छन् भन्ने संकेत हो यो ?

तपाईले एकदमै सही प्रश्न गर्नुभयो, महिलाहरुले पनि उद्योग वाणिज्य संघको नेतृत्व गर्न सक्छन् भन्ने कुरा स्थापित गर्न हामीले खोजिरहेको हो । अन्य जिल्लाहरुमा समेत उद्योग वाणिज्य संघमा महिलाहरुले नेतृत्व गरेका उदारहण छन् । अब कोहलपुरमा पनि महिला नेतृत्वमा आउनुपर्छ । मतदाताहरुले हामीलाई जिताएर पठाउनु भयो भने, यो नै पहिलो हुनेछ । यसमाम सबैको सर्पोट र सहयोग आवश्यक छ ।

६. लोकतान्त्रिक समूहले जित्यो भने, संघलाई महिलामैत्री बनाउनको लागि तपाईको भूमिका के रहन्छ ?

मेरो आग्रह सम्पूर्ण व्यवसायीहरुमा के छ भने, तपाईरुहले हामीलाई भोट दिएर जिताउनुहोस । हामी काम गर्न चाहन्छौ । मैले चुनाव जितेर गएपनि उद्योग वाणिज्य संघलाई महिला मैत्री बनाउन भूमिका खेल्नेछु । यो मेरो पहिलो प्राथमिकता हुनेछ । महिला मैत्री योजना बनाइनेछ । नीति तथा कार्यक्रम निर्माण गर्दा पनि महिलालाई प्राथमिकता दिइनेछ । महिलालाई कसरी अगाडि बढाउने र सक्षम बनाउने नै हुनेछ । व्यापारमा महिला छन् , तर बोल्न सक्दैनन् । आफ्नो समस्या राख्न सक्दैनन् । त्यसैले उनीहरुको क्षमता विकास गरिनेछ । राज्यले महिलालाई धेरै सुविधा दिएको छ । ती सुविधाबाट उहाँको व्यवसाय प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्नेमा विस्वास दिलाउन चाहन्छु ।

७. कोहलपुरमा फुटपात व्यवसाय गर्ने महिला धेरै छन्, उनीहरुको व्यवस्थापनमा तपाई के गर्नुहुन्छ ?

हामीले जितेर गएमा महिलाहरुले अब फुटपातमा व्यवसाय गर्नुपर्नेछैन । देशका विभिन्न ठाउँमा छुट्टै व्यवसाय गर्ने स्थानको व्यवस्थापन गरिएको छ । कोहलपुरमा समेत महिला सुरक्षालाई ध्यान दिएर त्यस्ता स्थानहरु हामीले बनाउनेछौ । महिलाहरुको नगरपालिकासँग समन्वय गरेर उचित व्यवस्थापन गर्नेछौ । त्रिपालमा होइन सटरमा व्यवसाय गर्न वातावरण सिर्जना गरिनेछ । सबैलाई एकिकृत बनाउनेछौ ।

८. लोकतान्त्रिक समूहलाई जिताउन मतदातालाई के भन्नुहुन्छ ?

सम्पूर्णलाई लोकतान्त्रिक समूहलाई भोट गरिदिन अपिल गर्दछु । म कोषाध्यक्षको एक मात्र महिला उम्मेदवार तपाईहरुले मलाई पनि भोट गरिदिनुहोला । त्यसको लागि म सम्पूर्णलाई व्यक्ति होइन नीति छान्नुहोस भन्न चाहन्छौ । हामी विभिन्न राजनीतिक विचार धारा भएकाहरुलाई सँगै लिएर गएका छौ । हामी समावेशी छौ । त्यसैले तपाईहरुको भोटको खाँचो छ । हामीलाई जिताइदिनुहोला ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन २१, २०७७     2:25:35 PM  |