कोहलपुर उद्योग वाणिज्य संघको भोली २२ गते चुनाव हुँदैछ । के कस्ता चुनावी एजेण्डाहरु लिएर मतदाता कहाँ पुग्नुभएको छ र यहाँले चुनाव जितेपछि के गर्ने योजना बनाउनुभएको भन्ने लगायतका विषयमा साझा प्यानलको तर्फबाट सदस्य पदका उम्मेदवार जगत रामदामसंग मिसन टुडे दैनिकका समचारदाता डिल्ली शाहीले गरेको विशेष कुराकानी :-
१. निर्वाचनको लागि के कस्तो तयारी भैरहेको छ?
निर्वाचनको तयारी आ–आफ्नो तर्फबाट भइरहेको छ । अहिलेको अवस्थामा निर्वाचनको तयारी चरमचुलीमा पुगिसकेको भन्न सकिन्छ । हाम्रो तर्फबाट गर्नुपर्ने तयारी समेत भइसकेको छ । आजसम्म अन्तिम दिन हो । निर्वाचनको प्रचारको अन्तिम दिन आज घरदैलो र भेटघाट कार्यक्रम नै हुनेछ । भोट माग्ने काम भइरहेको छ ।
२. उवासंघको सदस्य पदमा तपाईको उम्मेदवारी किन ?
लामोसमयदेखि कोहलपुरका व्यवसायीका लकडाउन भएका समस्या देखि घरभाडा सम्मका समस्याहरु र बैंक व्याज जस्ता समस्याले गर्दा प्यापारीहरु निकै चिन्तीत रहेका छन् । यहाँका समस्याहरु आज होला भोली होला भन्दैअहिले सम्म पनि समस्याको समाधान हुन सकेन । कतिदिन समस्या झेलिएर बस्ने । हो यस्ता समस्याहरुको समाधानको लागि मेरो उम्मेदवारी हो । हाम्रो प्यानलले ३५ वटा मुख्य योजना बनाएको छ त्यसमा हाम्रो पनि सहमत रहेको छ । अहिले कोहलपुरमा निम्न वर्गका व्यवसाय, ठेलामा बस्ने व्यवसाय, तरकारी बेच्ने व्यवसाय, मकै बेच्ने व्यवसाय लगायत अन्य धेरै व्यवसायहरु रहेका छन् । त्यसको समस्याको समाधानको लागि मेरो उम्मेदवारी हो । यहाँहरुले हाम्रो प्यानललाई बहुमतले विजय गराउनुहुनेछ भन्ने मेरो पूर्ण विश्वास लिएको छु ।
३. नेपालका युवाहरुलाई नेपालमै टिकाउन लागि उवासंघले के—कस्ता कामहरु गर्नुपर्ला ?
एकदमै राम्रो पश्न गर्नुभयो । नेपालमै लाखौ युवाहरुलाई टिकाउनका लागि हामीले सरकारी निकायहरु संग समन्वय गरी विभिन्न योजना बनाएका छौं । बैदेशिक रोजगार जानबाट रोक्नका लागि नेपालमा नै जिविकोपार्जन गर्नेका लागि उद्योगहरु सञ्चालन गर्नुपर्दछ । अहिले कोहलपुरमा उद्योग वाणिज्य संघले कुनै उद्योग सञ्चालन गरेको छैन । अबको चुनावमा हामीले जितेपछि यहाँ ठुला ठुला उद्योगहरु सञ्चालन गरी बैदेशिक रोजगारबाट रोक्न पहल गर्नेछौं । यहाँ बैंकहरुको समन्वयमा उद्योगीक, गार्भेन्ट, कृषि हाट बजार जस्ता व्यवस्थित रुरुमा सञ्चालन गर्दछौं ।
४. तपाई व्यवसायीसंग कसरी जोडिनुभयो ?
म २०६४ सालदेखि यो पेशामा लागि रहेको छु । मेरो परिवार पनि पहिलेदेखि नै व्यापार व्यवसायमा लागिरहनुभएको थियो । आमाबुवाले गर्दा व्इवसायमा जोडिने मौक पाए । व्यवसायबाट नेपालको अर्थतन्त्रलाई बलियो र मजबुत गराउन सकिन्छ भन्ने सिके । त्यसपछि व्यवसायमा जोडिन पुगे ।
५. आफ्नै प्यानलको जित्ने आधारहरु के के छन् ?
साझा प्यानलले अवश्य जित्छ । भारी बहुमतका साथ विजयी हुन्छौ भन्ने हाम्रो विस्वास छ । हाम्रा एजेण्डा छन् । योजना र कार्यदिशा छन् । लामो समय यही क्षेत्रमा बिताएका व्यवसायी छौँ । पूर्ण टिम भएकोले विजय हालिस गर्छौ भन्ने आशा छ ।
६. अत्याधिक बहुमतले विजय गराउन मतदाताहरुलाई के भन्न चाहानुन्छ ?
कृपाया एकपटक साझा प्यानललाई र मलाई जिताइदिनुहोला । तपाईहरुलाई सकेसम्म कहिल्यै पनि समस्या नपर्ने गरेर हामी काम गर्नेछौ । यदि समस्या परिहालेमा कहिल्यै पनि पछि हट्ने छैनौ । काम गर्नेछौ भन्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।