18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

रोजगारी सिर्जना गर्न पैरवी गर्नेछु : ओम प्रकाश चापागाई

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन २१, २०७७  

युवा व्यवसायी ओम प्रकाश चापागाई कोहलपुर उद्योग वाािण्ज्य संघको निर्वाचनमा सदस्य पदको प्रत्यासी छन् । खुल्ला तर्फ कार्य समितिको सदस्यका लागि उम्मेदवारी दिएका उनी भोट माग्न मै व्यस्त छन् । लामो समय बैदेशिक रोजगारीमा बिताएका उनी अहिले कोहलपुरमा भिन्न प्रकारको व्यवसाय गर्छन् । कोहलपुर २ को मनकामना चोकमा उनको होटल डिभाइन डिस (अर्गानिक किचन) सञ्चालन छन् । जुन पश्चिम क्षेत्र कै एक मात्र (कटिया हाउस)का रुपमा समेत चिरपरिचित छ ।यसका सञ्चालक चापागाई उर्जाशिल र जुझाउ युवाको पहिलो पटक सदस्यको लागि उम्मेदवारी हो । कुनै बेला स्वदेशमा व्यवसाय गर्नको लागि आर्थिक नहुँदा विदेश जानु परेको बताउने उनी अहिले आठ जनालाई रोजगारी दिन समेत सफल छन् । कोहलपुर उवासंघको निर्वाचन र उनको उम्मेदवारीसँग केन्द्रीत रहेर गरिएको संक्षिप्त कुराकानी :-

१. निर्वाचनको तयारी कत्तिको भइरहेको छ ?

घरदैलो अभियान चलिरहेको छ । विष्णु खनाल नेतृत्वको प्यानल यसमा सक्रिय रुपमा लागिरहेको छ । विहान ५ बजेदेखि राती ९ बजेसम्म हामी व्यवसायीहरुको घरदैलो मै हुन्छौ ।

२. भेटघाटमा जाँदा के कस्ता समस्या र सुझाव आउने गरेका छन् ?

व्यवसायीहरुका समस्या धेरै छन् । भेटघाटको क्रममा हामीलाई धेरै समस्याहरु सुनाउनु हुन्छ । उनीहरुले अपनत्व खोजिरहेका छन् । उहाँहरुले हामी किन त्यहाँ संगठित हुने, अहिले सम्म उद्योग वाािण्ज्य संघले हामीलाई के दिएका छन् र भन्ने प्रश्न गर्नुहुन्छ । हामीलाई उहाँहरुका चिन्ता नगर्न भनेका छौ । हामीलाई जिताउनुहोस हामी तपाईहरुका माग सम्बोधन गर्न तयार छौ । अहिले जुन हाम्रो टिम र हामीले उठाएको मुद्दा छ त्यो व्यवसायीहरु कै हितका लागि हो । त्यसैले हामीले उहाँहरुलाई आस्वस्त बनाएका छौ । केही युवा व्यवसायीहरुका जोस र जाँगरले हामीलाई प्रभावित गरेको छ । उहाँहरुले हामीलाई समर्थन गर्नु भएको छ ।

३. सदस्य पदमा तपाईको उम्मेदवारको उद्देश्य के हो ?

म सानै उमेरदेखि नै धेरै दुःख गरेको मान्छे हो । कुनै बेला म सँग व्यापार गर्नको लागि पैसा नभएर विदेश जान बाध्य भएको व्यक्ति हो । केही समय विदेशमा दुःख गरे, पसिना बगाए । आठ वर्ष मलेसिया गएको थिए । त्यहाँ मैले सिनियर डिपार्ट हेडको रुपमा समेत काम गर्ने अवसर पाएको थिए । त्यहाँबाट मैले धेरै कुरा सिक्ने अवसर पाए । फेरी स्वदेशमा केही गर्नुपर्छ भन्ने मान्यताका साथ स्वदेश फर्किए । अहिले भर्खरै स्थापित हुन लागेको व्यवसायी हो म । अहिले आफ्नै देशमा आठ जनालाई रोजगारी दिन सफल भएको छु । मैले अव पैसा नभएकै कारण विदेश जान नपरोस । आफ्नै देशमा रोजगारीको अवस्था सिर्जना होस भन्नको लागि उद्योग वाणिज्य संघमा उम्मेदवारी दिएको हो । मैले जिते भने ती यूवाहरुको विषयमा पैरवी र वकालत गर्नेछु । सानो पद छ , मेरा ठूला योजना छन् ।

४. साझा प्यानलले जित्नेमा कत्तिको विस्वस्त हुनुहुन्छ तपाई ?

हामीसँग एउटा सक्षम नेतृत्व छ । जसले कोहलपुर उद्योग वाणिज्य संघको स्थापनादेखि यहाँ सम्म ल्याउन भूमिका निर्वाह गर्नु भएको छ । उहाँलाई अहिले व्यवसायीहरुले निकै भरोसा समेत गरेका छन् । हामी पनि विभिन्न क्षेत्रमा दुःख गरेर माथि उठेका साथीहरु छौ । त्यसैले यसपटक मतदाताले हामीलाई भोट दिन्छन् ।

५. तपाई संघमा गएमा युवा लक्षित कार्यक्रम के गर्नुहुनेछ ?

म पनि युवा हुँ । यस क्षेत्रमा धेरै अनुभव समेत सम्हालेको छु । त्यसैले मेरो प्राथमिकता नै युवाहरुको विषयमा पैरवी गर्ने हुनेछ । यस्तै व्यवसाय आर्थिक अवस्था सँग जोडिएको कुरा हो । जबसम्म हामी सफल हुदैनौ तब सम्म देश सफल हुन सक्दैन । गाउँका टोलमा पुग्दा युवाहरु व्यवसायमा जुटिरहेको देख । मलाई एकदमै खुसी लागेको छ । त्यसैले मैले जितेर गएमा उनीहरुलाई कसरी व्यवसायिक बनाउने विषयमा नै सोच्नेछु । युवाहरुलाई अघि बढाउने छौ ।

६. सम्पूर्ण मतदाताहरुलाई आफूलाई भोट गरिदिन के भन्न चाहनुहुन्छ ?

संसारमा सबै चीज किनेर पाइन्छ । तर भोट मात्रै यस्तो चिज हो । जुन मागेर मात्रै पाइन्छ । मागेर पाउने भनेको त्यही मत माग्न हामी आएका छौ । कृपाया एकपटक साझा प्यानललाई र मलाई जिताइदिनु होला । समग्रमा २२ जनाको टिमलाई जिताइदिनुहोला । तपाईहरुलाई सकेसम्म कहिल्यै पनि समस्या नपर्ने गरेर हामी काम गर्नेछौ । यदि समस्या परिहालेमा कहिल्यै पनि पछि हट्ने छैनौ । काम गर्नेछौ भन्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन २१, २०७७     10:08:59 AM  |