18 September 2024  |   बुधबार, अशोज २, २०८१

साना, मझौला र ठुला उद्योगीका समस्याहरु पुरा हुन्छन्

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन २१, २०७७  

कोहलपुर उद्योग वाणिज्य संघको भोली २२ गते चुनाव हुँदैछ । व्यवसायका विषयमा विगतदेखि बोल्दै आइरहेको संस्था नेपाल घरवहाल उपभोक्ता मञ्च बाँकेमा पनि उहाँ सहकोषाध्यक्षमा समेत रहेकी छन्। के कस्ता खाल्का चुनावी एजेण्डाहरु लिएर मतदाता कहाँ पुग्नुभएको छ भन्ने लगायतका विषयमा साझा समावेशी व्यवसायी प्यानलको तर्फबाट महिला सदस्यको उम्मेदवार कमला खड्कासंग मिसन टुडे राष्ट्रिय दैनिकका समाचारदाता डिल्ली शाहीले गरिएको विशेष कुराकानी :-

१. निर्वाचनको लागि के कस्तो तयारी भैरहेको छ?

कोहलपुर उद्योग वाणिज्य संघको आगामी २२ गते हुन लागि रहेको निर्वाचनको लागि भव्य रुपमा प्रचारप्रसार भैरहेको छ । अहिले सबैको घरदैलोमा पुगिरहेका छौं । बिहान देखि साझासम्म व्यवसायीका घरघरमा पुगेका छौं । अब चुनावको अन्तिम चरणमा पनि छौं ।

२. उवासंघको उपमहासचिव पदमा तपाईको उम्मेदवारी किन ?

मैले विगत २५ वर्षदेखि लामो अनुभव बोकेको छु । लामोसमयदेखि कोहलपुरका व्यवसायीका समस्याहरु, उत्तरचढाब देखिरहेको थिए । यहाँका समस्याहरु आज होला भोली होला भन्दै अहिले सम्म पनि समस्याको समाधान हुन सकेन । कतिदिन समस्या झेलिएर बस्ने । हो यस्ता समस्याहरुको समाधानको लागि मेरो उम्मेदवारी हो । हाम्रो प्यानलले ३५ वटा मुख्य योजना बनाएको छ त्यसमा हाम्रो पनि सहमत रहेको छ । अहिले कोहलपुरमा निम्न वर्गका व्यवसाय, ठेलामा बस्ने व्यवसाय, तरकारी बेच्ने व्यवसाय, मकै बेच्ने व्यवसाय लगायत अन्य धेरै व्यवसायहरु रहेका छन् । जसलाई साँझ र विहानको छाँकको लागि काम गरिरहुनुभएको छ उहाँहरुको उचित व्यवस्थापन गर्न सकिरहेको छैन । त्यसको समस्याको समाधानको लागि मेरो उम्मेदवारी हो । यहाँहरुले हाम्रो प्यानललाई बहुमतले विजय गराउनुहुनेछ भन्ने मेरो पूर्ण विश्वास लिएको छु ।

३. तपाई व्यवसायीसंग कसरी जोडिनुभयो ?

म सानो हुँदा रेडियो बनाउने र राम्रो रेडियोलाई पनि विगार्न र बनाउने काम गथ्र्थे । मलाई लाग्थ्र्थो त्यो बेलामा रेडियोको कुन ठाँउबाट बोलेका आवाज होला यो । कसरी हाम्रो कानसम्म पुग्छ होला । जस्ता थुप्रै विचारहरु आउथ्थे । सोही क्रममा मैले रेडियोहरु बनाउने काम गर्न थाले । समय परिवर्तन गर्दै गयो म पनि परिर्वन हुँदै अहिले टिभि, ल्यापटप, कम्प्यूटर जस्ता ठुला ठुला विषयमा लागेको छु । त्यसपछि टिभि, ल्यापटप, कम्प्यूटरहरु समेत विक्रि वितरण गर्ने गरेको छु ।

४. नेपालका युवाहरुलाई नेपालमै टिकाउन लागि उवासंघले के—कस्ता कामहरु गर्नुपर्ला ?

एकदम राम्रो प्रश्न गर्नुभयो । बैदेशिक रोजगार जानबाट रोक्नका लागि नेपालमा नै जिविकोपार्जन गर्नेका लागि उद्योगहरु सञ्चालन गर्नुपर्दछ । अहिले कोहलपुरमा उद्योग वाणिज्य संघले कुनै उद्योग सञ्चालन गरेको छैन । अबको चुनावमा हामीले जितेपछि यहाँ ठुला ठुला उद्योगहरु सञ्चालन गरी बैदेशिक रोजगारबाट रोक्न पहल गर्नेछौं । हजारौं युवाहरुलाई आवश्कयता अनुसारका पल्मबर, इलेक्ट्रोनिक, सिलाई कटाई तालिम सम्बन्धी निकायसँग समन्वयमा सञ्चालन गरी बैदेशिक रोजगार जानबाट स्वदेशमा नै रोजगारीको व्यवस्था गर्नेछौं । यस्ता खाल्का तालिम सञ्चालन गरी ठुला ठुला उद्योगमा काम लगाउने र स्वरोजगार बनाउने हो भने नेपालका ५० प्रतिशत युवाहरु नेपालमा नै रहन सक्ने वातावरण बनाउने विश्वास दिलाउन चाहान्छु ।

५. आफ्नै प्यानलको जित्ने आधारहरु के के छन् ?

हामी जहाँ गएपनि तपाईलाई नै मेरो भोट शुनिश्चित हो भन्नुहुन्छ । अहिलेसम्म कसैले पनि भोट दिन्नौ भनेका छैनन । अहिले प्रत्येक स्थानमा गएको बेलामा सबैले हाम्रो प्यालनमा जिताउनका लागि लाग्नुभएको देखेका पनि छौं । कुनै टोलमा २० जना प्रचारप्रसार गर्ने लागेभने सोही टोलका ५० जना भोट माग्दै आफै खट्नुभएको छ । उहाँहरुको भरोसा, विश्वास, उत्साह देखेको छु । त्यसकारणले हामीले भरोसा र उत्साहलाई पुरा गर्नका लागि व्यवसायीको हक,हित र व्यवसायको संरक्षण गर्ने विश्वास दिलाउनज चाहान्छु । उहाँहरुको माया र आड देखेर हामी हार्दैैनौ । प्रत्येक सबैको माया र उत्साह दर्शाएको देखेर जित्छौं भन्ने ढुक्क छौं ।

६. अत्याधिक बहुमतले विजय गराउन मतदाताहरुलाई के भन्न चाहानुन्छ ?

सर्वप्रथम सबै व्यापारीहरुलाई सम्पूर्ण व्यवसायीहरुलाई हार्दिक नमन गर्न चाहान्छु । हाम्रो प्यानलमा अनुभवी असल र इमान्दारी व्यक्तित्व हुनुहुन्छ । उहाँले कोहलपुरका सम्पूर्ण समस्याको समाधान गर्न सक्ने हैसियत भएको हुनुहुन्छ । उहाँले जनताको लागि मरिमेटने मान्छ हुनुहुन्छ । घोषणा पत्रमा उल्लेख गरेका बुदाहरुलाई चुनाव जितेको पहिलो महिनाबाट नै रिजल्ट दिनेछौं त्यसकारणले सबैले चुनाव जिताउनु हुन अनुरोध गर्दछु ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन २१, २०७७     9:31:42 AM  |