26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

घरबेटी र व्यवसायको सम्बन्ध समधुर बनाउछु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन २१, २०७७  

कोहलपुर उद्योग वाणिज्य संघको भोली २२ गते चुनाव हुँदैछ । व्यवसायका विषयमा विगतदेखि बोल्दै आइरहेको संस्था नेपाल घरवहाल उपभोक्ता मञ्च बाँकेमा पनि उहाँ सहकोषाध्यक्षमा समेत रहेकी छन्। के कस्ता खाल्का चुनावी एजेण्डाहरु लिएर मतदाता कहाँ पुग्नुभएको छ भन्ने लगायतका विषयमा साझा समावेशी व्यवसायी प्यानलको तर्फबाट महिला सदस्यको उम्मेदवार कमला खड्कासंग मिसन टुडे राष्ट्रिय दैनिकका समाचारदाता डिल्ली शाहीले गरिएको विशेष कुराकानी:-

२. उवासंघको महिला सदस्य पदमा तपाईको उम्मेदवारी किन ?

  • कोहलपुरमा रहेको साना, मझौला र ठुला व्यवसायका समस्या समाधान गर्नका लागि मेरो उम्मेदवारी हो । मैले विगतदेखि नै व्यवसायका विषयमा आवाज उठाउँदै आएको थिए । अब पनि यी आवाजहरु अझै शसत्त रुपमा उठाउन र समस्याको समाधान गर्नका लागि मैले उम्मेदवारी दिएको हुँ ।

३. साना, मझौला र ठुला उद्योगीहरुले घरदैलोमा गएको समयमा के कस्तो समस्याहरु बताउने गर्नुभएको छ ?

  • कोहलपुरमा सबैभन्दा ठुलो समस्या भनेको घरभाडाको रहेको छ । यसको समस्याको समाधान गर्नु मेरो पहिलो जिम्मेवारी हुनेछ । अहिले कोहलपुरका व्यवसायहरुले १ वर्षको सम्झौता गरेको हुन्छ उक्त व्यापारीलाई ६ महिना नहुँदै केही न केही बहानामा कोटा खालि गर्ने भन्छ या भाडाको दर बृद्धि गर्ने विषय उठाउन गर्दछ । त्यसकारणले मेरो पहिलो काम भनेको घरबेटी र व्यवसायको समधुर सम्बन्ध बनाउने काम हुनेछ ।

४. तपाई व्यवसायीसंग कसरी जोडिनुभयो ?

  • यो पेशामा विगत ५ वषैदेखि लागिरहेको छु । नेपालको शिक्षाले नेपालीहरुलाई बेरोजगार तर्फ धकेलिरहेको छ । यो शिक्षाबाट रोजगार पाउन सम्भावना निकै कम रहेको छ । अबको शिक्षा भनेको सीपमुलक र उत्पादनमुखी शिक्षा हुनुपर्दछ । किनकी शिक्षा लिएको व्यक्ति बेरोजगार बस्नु नपरोस् । त्यहि बेरोजगार भएपछि पसल खोले । कोहलपुर सुपथ खाद्यान्न भण्डार भन्ने नाउमा मैले पसल खोले । अहिले व्यवसायमा निरन्तर रुपमा लागि रहेकी छु ।

६. तपाईको साझा प्यानलको जित्ने आधारहरु के के हुन् ?

  • साझा प्यानलका जित्ने आधारहरु धेरै छन् । पहिलो कुरा त यहाँको घरभाडाको कुरा, व्यवसायीको एकिबद्धताको कुरा, कोहलपुर न्यूरोड देखि कोहलपुर मेडिकल कलेज सम्मका रेलिङ्ग लगाउने कुरा, सबै व्यवसायहरु एकिकृत गरी व्यवसाय संरक्षण गर्ने कुरा लगायत अन्य विषयहरु रहेका छन् । यि समस्याको समाधान गर्न सक्ने युवा, सक्षम र नेतृत्व गर्न सक्ने व्यक्ति अन्य प्यानलमा छैनन । त्यसकारणले हामीले चुनाव जित्छौं । अहिले पनि घरदैलोमा जाँदै गर्दा सबै व्यपारीहरुले तपाईहरुको जित सुनिश्चत छ हामीले तपाईको साथमा छौं भन्दै हाम्रो प्यानलमा हिड्नुभएको छ । सबै व्यापारीको घरघरमा पुगेका छौं । उहाँहरुले तपाईहरु भोट माग्नुपदैन हामी तपाईहरुलाई नै हाल्छौ भन्ने पूर्ण विश्वास दिनुभएको त्यसैले हामी अवश्य चुनाव जित्छौं । हाम्रो प्यानलनका अध्यक्ष उम्मेदवार विष्णु खनालको प्यानलले विगतदेखि नै व्यवसायीहरुको संरक्षण र एकिकृत हुने कुरामा जोड दिँदै आउनुभएको थियो । उहाँले यति मात्र होइन ३५ वटा मुख्य ठुला योजना बनाएर जानुभएको छ । त्यसको समर्थन हामीले गरेका छौं जुन व्यवसायीहरुको पक्षमा छन् त्यसकारणले हामीले अहिलेको चुनाव जित्छौं ।

७. साँझा प्यालनलाई अत्याधिक बहुमतले विजय गराउनका लागि मतदाताहरुलाई के भन्न चाहानुन्छ ?

  • कोहलपुर उद्योग वाणिज्य संघको आगामी २२ हुन गइरहेको निर्वाचनमा हाम्रो प्यालनलाई अत्याधिक बहुमतले विजय गराउनुहुन अनुरोध गर्दछु । चुनाव जितेर हामी उवासंघमा गएको बेलामा काम गर्न सकेनौ भने हाम्रो कानहरु उखेलीदिनुहोला । त्यसकारणले साँझा प्यानललाई बहुमतले विजग गराउनका लागि सबैलाई हृदय देखिनै आभार प्रकट गर्न चाहान्छु ।
प्रकाशित मितिः शुक्रबार, फाल्गुन २१, २०७७     8:54:25 AM  |