27 April 2024  |   शनिबार, बैशाख १५, २०८१

बोलेर होइन काम गरेर देखाउनेछु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन २०, २०७७  

कोहलपुर उद्योग वाणिज्य संघको आगामी २२ गते निर्वाचन हुँदैछ । सो निर्वाचनको चुनाव प्रचारप्रसार कसरी गरिरहेका छन् । कस्ता खाल्का चुनावी एजेण्डाहरु लिएर घरदैलोमा हिडिरहेका छन भन्ने लगायतका विषयमा विगत ११ वर्षदेखि कोहलपुरमा व्यवसाय गर्दै आएका साझा समाजवेशी व्यवसायी प्यानलका सदस्य पदका उम्मेदवार पूण्य प्रसाद तिवारीसँग गरिएको कुुराकानीको संक्षिप्त अंश :-

१. आगामी २२ गते हुने निर्वाचनको लागि के कस्तो तयारी भैरहेको छ?

कोहलपुर उद्योग वाणिज्य संघको आगामी २२ गते हुन लागि रहेको निर्वाचनको लागि तिव्र रुपमा तयारी भइरहेको छ । अहिले सबैको घरदैलोमा पुगिरहेका छौं । बिहान देखि साझासम्म व्यवसायीका घरघरमा पुगेका छौं । कोरोना महामारीका कारणले गर्दा समयमा नै चुनाव हुन सकेका थिएन । तर अहिले यो चुनाव हुन लागिरहेको छ । कोहलपुर उद्योग वाणिज्य संघले साधारण सभाले फागुन २२ गते निर्वाचन गर्ने भनी निणय भएपछि चुनावमा होमिएका छौं । मैले २०६७ सालबाट अहिलेसम्म व्यवसाय क्षेत्रमा लागि रहँदा उद्योगी, व्यवसायी र मझौला व्यवसायी र साना व्यवसायीहरुका अनकाँै समस्याहरु नजिकबाट पहिल्याएका छु ।

२. उवासंघको सदस्य पदमा तपाईको उम्मेदवारी किन ?

मेरो उम्मेदवारी भनेको व्यवसायीको हक हित र संरक्षणका लागि उम्मेदवारी दिएको हु । म विशुद्ध व्यवयाय हुँ । व्यवसायीहरुको साझा संस्था भनेको उवासंघ नै हो । यो कुनै राजनितिक संस्था होइन । यो संस्थाले बिल्कुलै उद्योगी, व्यवसायी र अन्य मझौला र साना व्यवसायहरुका समस्याहरुलाई पुरा गर्नका लागि मेरो उम्मेदवारी दिएको छु । मैले यो व्यवसायका समस्याहरु के कस्ता छन् भनी मलाई थाहा छ । कोहलपुरमा विगत १० वर्षदेखि काम गर्दै आइरहेको छु । जब व्यवसायीको संरक्षण नभएको जस्तो लाग्यो त्यसपछि संरक्षणको लागि मैले उम्मेदवारी दिनुपर्दछ भन्ने लाग्यो त्यसैले मैले उम्मेदवारी दिएको हु । कोहलपुरका सम्पूर्ण व्यवसायीहरु एकता हुन जरुरी छ । हाम्रो मुख्य एजेण्डा भनेको व्यवसायीहरुको संरक्षण गरी एकताबद्ध बनाउने नै हो ।

३. व्यवसायीहरुको माझमा गएको बेलामा के कस्तो समस्याहरु बताउने गर्नुभएको छ ?

जब हामी घरदैलोमा गएका थियौं उहाँहरुको मुहारमा आशै आशाको मुहार देख्छौं । ठुला व्यवसाय भन्दा साना व्यवसायका धेरै समस्या भोगेका दुःखहरु सुनाउँनुहुन्छ । यहि दुःख पहिले पनि सुनाउनुहुन्र्थो तर उवासंघलाई जहिले पनि घच्घच्याउन काम गथ्र्थो तर सुनाई हुँदैनथ्र्थो तर अहिले त्यही भएर मैले त्यो समस्याको समाधान गर्नका लागि सदस्य पदको उम्मेदवारी दिएको छु । अहिले साना व्यवसायीहरुको अगाडि जानेहो भने राज्यलाई कर तिरिराख्नुभएको हुन्छ तर साइकलमा सोही पसलको अगाडि ल्याएर कपडा, चिनी, आलु लगायत अन्य बस्तुहरु विक्रि गरिरहेको हुन्छ । अहिले फुटपातमा रहेका व्यवसाय व्यवस्थापन गर्ने अति आवश्यक रहेको छ । राज्यलाई कर तिरेका व्यवसायीहरुलाई पनि कोठा भाडा तिरेका हुन्छन् उनीहरुको समस्या झन बढि भएको बताउने गरेका छन् । यि समस्याको समाधानको लागि हामी चुनावमा उभिएका छौं ।

४. तपाई व्यवसायीसंग कसरी जोडिनुभयो ?

म विदेशबाट नेपाल फर्किएपछि केही नेपालमा गर्नुपर्दछ भन्ने भावनाका साथ आएको थिए । नेपालमा पनि मेहनत गरे हुँदो रहेछ भन्ने भावना आयो । मैले नेपालका व्यवसायबाट नै जिविकोपार्जन गर्ने सकिन्छ भन्ने सोचका साथ वि.स. २०६७ सालबाट व्यवसाय सुरु गरे । सुरुमा मैले कपडा र जुत्ता पसल गथ्र्थे । दुवै व्यवसाय गरिरहेको केही वर्षपछि कपडाको व्यवसाय छोडेर जुत्ता पसल गर्न थाले । अहिले जुत्ता पसलको होलसेल पसल गर्दछु । विदेशमा हुँदा १८ घण्टा काम गरेको भन्दा नेपालमा सबै परिवारसंग १४ घण्टामा नै अति खुसी मिल्दो रहेछ । बैदेशिक रोजगारमा मात्र होइन नेपालमा पनि मनग्य आम्दानी गर्ने सकिन्छ भन्ने यो पनि उदारण हो ।

५. नेपालका युवाहरु दिनप्रतिदिन बैदेशिक रोजगारीको लागि खाडि मुलकहरुमा गइरहेका छन् । उनीहरु नेपालमै रोजगारीका दिनका लागि के गर्नुपर्दछ ?

निकै राम्रो प्रश्न गर्नुभयो, नेपालको लाखौं युवाहरु बैदेशिक रोजगारको लागि खाडी मुलुकमा दिनप्रतिदिन गैरहेको अवस्था छ । यसलाई रोक्नका लागि विभिन्न कार्यक्रमहरु ल्याउन आवश्यक छ । आफुले बैदेशिक रोजगारमा पाएको दुःख सम्झिदा नेपाल सरकारलाई निकै मनोबल गिराएको जस्तो लाग्छ । युवाहरुको लागि केही सानो योजना ल्याइयो भने पनि केही न केही फरक पन दिन सक्छ । यस्तै गरेर कोहलपुरमा पनि हामी जस्ता यूवाहरुको खाँचो छ । ती कार्यहरु हामी गर्न सक्छौं । किनकी बैदेशिक रोजगारदेखि नेपालको व्यवसायीको समस्या बुझेको छु । सर्वप्रथम नेपालमा व्यवसायी सुरु गर्नेका लागि प्रक्रिया नै झण्जटिलो छ । वडा देखि राजस्व कार्यालयसम्म निकै धाउनु पर्ने, समय खर्च हुने, भनेको समयमा काम नुहने र एउटा फारम भरे वापत पैसा दिनुपर्ने जस्ता कुराहरु रहेका छन् । एउटा सामान्य व्यवसाय सञ्चालन गर्न खोज्दा पनि उसलाई फारम भर्न नै आउँदैन । कसरी गर्ने, के गर्ने, के गर्दा राम्रो हुन्छ भन्ने नै थाहा छैन । यहाँका कतिपय व्यवसाय त यस्ता छन् उहाँहरुलाई फारम भर्न पनि नआउन सक्छ तर उनीहरुलाई तालिमका कार्यक्रमहरु अहिलेसम्म उवासंघ कोहलपुरले ल्याउन सकेको छैन । यदि नेपालमा व्यवसायी गर्ने चाहाने व्यक्तिहरुलाई टिकाउने हो भने पहिलो काम यो गर्नुपर्ने देखिन्छ । नेपाल सरकारले दर्ता प्रक्रिया नै सहज र सरल बनाउनुपर्दछ ।

६. तपाईको साझा प्यानलको जित्ने आधारहरु के के हुन् ?

हाम्रो प्यानलले जित्ने धेरै आधारहरु रहेका छन् । हाम्रो प्यानलको नेतृत्व विगत २३ वर्षदेखि व्यसाय गर्दै आउनुभएका विष्णु खनालको प्यानलमा छौं । उहाँले कोहलपुरमा भएका व्यवसायका मुख्य चूनौति, अवसर र अब के गर्ने भन्ने पूर्ण रुपमा थाहा पाउनुभएको छ । उहाँले महामारीको बेलामा निकै सक्रियता थियो । जब मानिस दुःखमा सहयोग गरेको हुन्छ त्यसलाई अवश्य पनि सहयोग गर्दछ । विगतदेखि नै व्यवसायीहरुको संरक्षण र एकिकृत हुने कुरामा जोड दिँदै आउनुभएको थियो । उहाँले यति मात्र होइन ३५ वटा मुख्य ठुला योजना बनाएर जानुभएको छ । त्यसको समर्थन हामीले गरेका छौं जुन व्यवसायीहरुको पक्षमा छन् त्यसकारणले हामीले अहिलेको चुनाव जित्छौं ।

७. साँझा प्यालनलाई अत्याधिक बहुमतले विजय गराउनका लागि मतदाताहरुलाई के भन्न चाहानुन्छ ?

कोहलपुर उद्योग वाणिज्य संघको आगामी २२ हुन गइरहेको निर्वाचनमा हाम्रो प्यालनलाई अत्याधिक बहुमतले विजय गराउनुहुन अनुरोध गर्दछु । चुनावी एजेण्डा मात्र होइन व्यवहारमा समेत देखाउने छौं । हामीले बोलेर होइन काम गरेर देखाउनेछौं । म लगायत सबै टिम संस्थालाई प्रति उत्तरदायित्व रही काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन २०, २०७७     9:59:59 AM  |