19 May 2024  |   आइतवार, जेष्ठ ६, २०८१

‘युवाहरुलाई व्यवसायमा आउन प्रेरित गर्नेछु’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन २०, २०७७  

कोहलपुर उद्योग वाणिज्यको निर्वाचन आगामी फागुन २२ गते हुँदैछ । अहिले कोहलपुरका व्यवसायी निर्वाचनको पूर्वतयारीमा जुटेका छन् । निर्वाचनमा सहभागिता जनाउनको लागि दुई वटा समूहले उम्मेदवारी दर्ता गराएका छन् । साझा समावेशी प्यानल र लोकतान्त्रिक समावेशी व्यवसायी समूह चुनावी मैदानमा छन् । यस्तै साझा प्यानलको तर्फबाट युवा व्यवसायी अर्जुन प्रसाद सुवेदी कार्य समितिको सदस्यका लागि उम्मेदवारी दिएका छन् । उमेरका हिसाबले सानै भएपछि व्यवसायिक रुपमा उनी निकै सफल मानिन्छन् । कोहलपुर क्षेत्रमा व्यवसाय गर्ने साना व्यवसायीहरुको हक र हितका लागि आफ्नो उम्मेदवारी रहेको उनी बताउँछन् । उनका अनुसार कोहलपुर उद्योग वाणिज्य संघलाई सम्पूर्ण व्यवसायीहरुको साझा संगठन बनाउनु अहिलेको चुनौती हो । साझा प्यानलले व्यवासयिक हितलाई प्राथमिकता दिएको उनी बताउँछन् । आसन्न निर्वाचन, उनको उम्मेदवारी तथा सम्पूर्ण व्यवसायका विषयमा सुवेदीसँग गरिएको संक्षिप्त कुराकानी :-

१. तपाईको दैनिकी कसरी बितिरहेको छ ?

फागुन २२ गते कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचन हुँदैछ । अहिलेको त्यसको तीव्र तयारीमा लागिरहेको छु । हाम्रो प्यानलले अहिले तीव्र गतिमा घरदैलो अभियान सञ्चालन गरिरहेको छ । एक सातायता मेरो दैनिकी चुनावको प्रसारमा नै बित्ने गरेको छ । मैले पनि उम्मेदवारी दिएको भोट लागि अपिल गर्दै हिडिरहेको छु । आफ्नो र आफ्नो प्यानलको लागि भोट अपिल गरिरहेका छौ । साझा प्यानलले यसपटक कोहलपुरका उद्योगीहरुलाई एकजुट हुने नारा तय गरेको छ । त्यसैले सम्पूर्णले हामीलाई भोट दिनको लागि सम्पूर्णलाई आग्रह गर्दछु ।

२. संघको कार्य समितिको सदस्यका लागि तपाईको उम्मेदवारी किन ?

उद्योग वाणिज्य संघ सम्पूर्ण व्यवसायीहरुको साझा प्लेटफम हो । व्यवसायीको हक र हितका लागि सबैले जना एकजुट हुनुपर्ने आवश्यकता रहेको छ । यस पटकको निर्वाचनमा हामी पनि त्यसरी नै सहभागी भइरहेका छौ । साझा प्यानल आफैमा अनुभवी उम्मेदवारहरुको मिश्रण भएको समूह हो । यसमा म पनि अटाएको छु । मेरो उम्मेदवारी पनि परेको हुनाले संघलाई बलियो । व्यवसायीमुखी बनाउनको लागि महत्वपूर्ण भूमिका हुनेछ । जहाँ सम्म तपाईले सोध्नु भएजस्तै मेरो उम्मेदवारी व्यवसायिक हक र हितका लागि हो । अहिले हामीले भोट अपिल गरिरहेका छौ । चुनावको माध्यमबाट मैले चुनाव जिते भने यूवारुहको पक्षमा काम गर्नेछु ।

३. चुनावमा यदि तपाईले जित्नुभयो भने व्यवसायीहरुको पक्षमा के के काम गर्ने योजना बनाउनु भएको छ ?

चुनावी मैदानमा छु । २२ गते चुनाव हुदैछ । हार वा जित जे पनि हुन सक्छ । तर मलाई दुवै कुरा स्वीकार हुनेछ । हारेमा यो चुनाव मेरा लागि सिकाई हुनेछ । भने जितेमा मेरोको अवसर हुनेछ । म उमेरले सानो भएपनि लामो समयदेखि व्यवसायमा भएको हुनाले धेरै कुराहरु अनुभव गर्ने मौका मैले पाएको छु । सम्पूर्ण युवा व्यवसायीहरुले मलाई भोट दिएर जिताउनु भयो भने युवा वर्गलाई व्यवसायमा आउन प्रेरित र हौसला प्रदान गर्नेछु । युवा वर्ग नै मेरो मुख्य प्राथमिकता हुनेछ । वयवसायिक रुपमा अघि बढ्नको लागि पहल गर्नेछु । मैले जिते भने मलाई भोट हाल्ने मतदाताहरुलाई पछुतो हुन दिने छैन । सम्पूर्णलाई यही विस्वास दिलाउन चाहन्छु । मलाई भोट गरिदिन समेत अपिल गर्दछु ।

४. कोहलपुर क्षेत्रमा व्यवसायीहरुका समस्या के कस्ता देख्नु भएको छ नी ?

व्यवसायमा थुप्रै किसिमका समस्या हुन्छन् । स्वाभाविक रुपमा कोहलपुर क्षेत्रमा समेत समस्या हुने नै भए । कोहलपुर क्षेत्रमा हकमा पनि केही जटिल प्रकारका समस्या छन् । पहिलो कुरा त कोभिड १९ ले विश्वभर झै कोहलपुर क्षेत्रका व्यवसायीहरुको समेत अवस्था दयनीय छ । यसले गर्दा आर्थिक समस्या भइरहेको छ । यहाँको प्रमुख समस्या भनेको अव्यवस्थित बजार हो । यहाँको बजार अझै पनि व्यवस्थित हुन सकेको छैन । बाटोमा ठेला चलाउने र सटर र कोठाको भाडा तिर्ने तथा राज्यलाई कर तिर्ने व्यवसायीहरु छौ । त्यस्ता व्यवसायीहरुलाई राज्यको कानुनको दायरामा ल्याउनु पर्नेछ । त्यस्ता खालका व्यवसायीहरुका लागि राज्यले छुट्टै व्यवस्था गर्नुपर्छ । यस्तै भारतीय बजार रुपैडियाको भर पर्नु पर्ने अवस्थाको अनत्य गर्नुपर्छ ।

५. तपाई व्यवसाय क्षेत्रमा कसरी आउनुभयो नी ?

मेरो परिवारमा व्यवसायमा आउने म पहिलो हुँ । मेरो बुवा इन्डियन आर्मी हुनुहुन्छ । पहिले देखि नै म व्यवसायमा झुकाव राख्थे । जागिर भन्दा व्यापार नै गर्नुपर्छ भन्ने मेरो मान्यता थियो । मैले अध्ययन काठमाडौँमा गरेको हो । मैले कोहलपुरमा २०६४ सालमा व्यवसाय शुरु गरेको हो । नयाँ सोचका साथ कोहलपुर साइबर क्याफे त्यसको नाम थियो । ३ वर्षपछि सिद्धार्थ अफसेट प्रेस पनि खोले । त्यसपछि भने गारमेन्ट सञ्चालनमा ल्याए । सम्बतत बाँकेको पहिलो हो । पहिला कामदर खोज्न गाह्रो हुन्थ्यो । पछि विस्तारै यहाँकै कामदारहरुको वयवस्था हुन थाल्यो । पछि सगरमाथा स्पोट्स एण्ड स्कूल प्रा.लि. सञ्चालन गरे । यसरी मेरो व्यवसाय चलिरहेको छ ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन २०, २०७७     9:25:17 AM  |